News Portal

कुवेतमा बकर इदको अवसरमा म्याग्दी प्रवासी नेपाली संघले खुला भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमाली संचार संवाददाता
८८३ पटक

कुवेत, ४ अगस्ट : म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको महासचिब चन्द्र गोतामेले हिमाली संचारलाई जानकारी दिए।

उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले जानकारी दिए।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका भलिबल खेल प्रमी नेपालिहरुमा लुकेर रहेका प्रतिभा लाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

मोना कुवेतले स्थापना भएको छोटो समयमै सामाजिक कार्य संगै भलिबल खेलमा निकै सक्रिय रुपमा आगाडी बढिरहेको छ । भलिबल खेलमा म्याग्दी जिल्लाका खेलाडीहरुले जुनसुकै ठाउँमा पनि निकै उत्कृष्ट खेल प्रदर्शन गर्दछन ।

कुवेतमा कार्यरत खेल प्रेमी खेलाडी लगायत सम्पूर्ण खेल प्रेमी नेपालीहरुलाई उक्त दिनको प्रतियोगितामा उपस्थित भइ खेलको शोभा बढाइदिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।

खेलका नियमहरु :
१. खेलमा खेलाडीहरुको ९ जना सम्मको अनिवार्य नाम दर्ता गर्नु पर्नेछ ।
२. खेलाडीले खेल मैदान प्रवेश गर्नु पुर्व खेलाडीको जर्सी अनिवार्य हुनु पर्नेछ ।
३. खेल संचालन हुनु पुर्व १५ मिनेट पहिले खेलाडी खेल मैदानमा प्रवेश गर्नु पर्नेछ ।
४. निर्धारित समय सम्म खेलाडी खेल मैदानमा उपस्थित नभए तुरुन्तै वाकओभर दिइनेछ ।
५. खेल नकाउटको आधारमा खेलाइने छ ।
६. टिम दर्ता गरि सकेपछी शुल्क फिर्ता हुनेछैन ।
७. खेल संचालनमा कुनै किसिमको वाद विवाद भएमा रेफ्री र आयोजकको निर्णय अनिवार्य हुनेछ ।

खेलाडी टिमको दर्ता र खेल संचालनको लागि अन्तिम सम्पर्क, मिति र समय यस प्रकारको रहेको छ :

स्थान – माबुल्ला खेल मैदान, कुवेत
टिम दर्ता अन्तिम मिति : ११ अगष्ट २०१९ बेलुका ४ बजे सम्म ।
खेल संचालन : १२ र १३ अगष्ट २०१९, बिहान ७ बजे देखि ११:३० बजे सम्म र मध्याह्न २:३० बजे देखि पुनः शुरु हुनेछ।

सम्पर्कको लागि :
वरिष्ठ उपाध्यक्ष – दिपक छन्त्याल – ६६०३२८८०
महासचिब – चन्द्र गोतामे – ६७७९९१२७
सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख – तुल बहादुर पुन – ९२२०६७०२
प्रकाश सुन्दास – ९४१९७४५६
खेम परियार – ६५५१९११६
याम थापा मगर – ६०७८३२३३
अर्जुन चोखाल – ६००५६८०३
रन रसाइली – ६५१२४२०५
जस घताने – …
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...