News Portal

भागिरथ चापागाई बचाउ अभियानबाट कुवेतमा संकलित रकम आमा र श्रीमतीलाई पठाईने

हिमाली संचार संवाददाता
८६४ पटक

कुवेत, २६ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बर्दघाट नगरपालिका वडा नम्बर १२ नवलपरासीका भागिरथ चापागाईं जुलाई १४ मा मृत्यु भएपछि भागिरथ चापागाई बचाउ अभियानबाट संकलित रकम चापागाईंका परिवारलाई दिइने भएको छ। लुम्बिनी समाज नेपाल कुवेतका कार्यवाहक अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा कुवेतको मालियास्थित एसिया होटलमा बुधबार बेलुका बसेको बैठकले सो निर्णय गरेको हो।

चापागाईंको मृत्यु भएपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार, उनको शव नेपाल पठाउन ३५० दिनार र नेपालमा शवलाइ दाससंस्कार गर्न २७७ कुवेती दिनार ८१० फिल्स खर्च भएको संस्थाले उक्त बैठकमा बताएको छ।

बचेको रकम भगिरथ चापागाईकी आमा र श्रीमतीको नाममा बराबर पठाउने समेत गरेको छ। संकलित ३ हजार ६ सय ४२ दिनार ५०० फिल्समा ७ सय १६ दिनार ८१ फिल्स खर्च कटाएर बाँकी २ हजार ९ सय २५ दिनार ६९ फिल्स मृतक चापागाईंकी श्रीमती र आमालाइ बराबर १ हजार ४ सय ६८ दिनार ८१० फिल्स प्रतिव्यक्ती दिने निर्णय भएको छ। उक्त रकम बुधबारको रेटमा १० लाख ५८ हजार हुन्छ। जसमा मृतक चापागाईकि श्रीमती र आमालाई प्रतिब्यक्ति ५ लाख २९ हजार रुपैयाँ बराबर पर्न जान्छ।

सो रकम लुम्बिनी समाजका प्रतिनिधि र स्थानिय जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिने समेत बताइएको छ। चापागाईंलाई ७ जनवरी २०१७ मा कुवेतको महाबुल्लामा बाटो काट्ने क्रममा कुवेती नागरिकको गाडीले ठक्कर दिएको थियोे।

यो पनि पढ्नुहोस।

कुवेतमा उपचाररत भागिरथ चापागाइको मृत्यु 

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...