News Portal

स्वदेश छोडेर प्रदेश हिडने समयको अन्त्य होस

गाँस, बास, कपास र सहबासको व्यवस्थापन सरकारले गरोस् !

तिलक भण्डारी "कमल"
८४३ पटक

सम्माननिय प्रधानमन्त्रि ज्युलाइ एक नेपाली नागरिक नाताले दुइ शब्द यहि लेख मार्फत सन्देश पठाउने अनुमति चाहान्छु ।
हामीसग भएको दुइ तिहाइको सरकाले किन अलमल परिरहेको छ म जस्ता लाखौ युवाहरू अन्योलमा परेका छन। म फेरी यसरी आफनो बिचार राख्दा यो त नेपाली काग्रेसको कार्यकर्ता रहेछ भनेर बिल्ला लगाउन पनि तपाइ पछि पर्नु हुन्न यो सर्ववितितै भएको कुरा हो ।

जनचाहाना के हो र आजको आबश्यकता के हो भन्ने जानकारी नभएको जस्तो भान हुन्छ हिजोआज सरकारको गतिबिधि र दैनिक कार्यबिधि हेर्दा र देख्दा कुनै पनि बिषयलाइ अनुमोदन गर्दा बिना छलफल र सहकार्य बिना कार्य अगाडि लैजादा अन्योल सृजना हुन्छ भन्ने कुरा जानकारी नभएको हो कि शक्तिको मात लागेको या मेरो गोरूको बाह्रै टक्का भन्ने भएको हो । आज लाखौ युवा अन्योलमा परेका छन । तर्सथ यस्ता कार्यले नत कार्यकतालाइ फाइदा नत जनतालाइ फाइदा मात्र प्रतिपक्षलाइ आगोमा घ्यु हाल्ने बाहेक अन्य कुनै फाइदा गदैन त्यसकारण बुहत छलफल र निष्कर्षबाट नै यस्ता बिषयमा अनुमोदन गर्दा सरकालाइ पनि फाइदा र जनतालाइ पनि आशा पलाउछ ।

दूर्इ तिहाइ मार्फत तपाइले धैरै बिषयलाइ अनुमदोन गर्न सक्नु हुन्छ। अहिले जनताका मुलभुत समस्या के हो भन्ने कुरा तपाइ पनि जानकार हुनुहन्छ । त्यसकारण सरकारले गर्न सक्ने काम कर्त्वय दाइत्व धैरै छन । त्यस्तै जनचाहान पनि धैरै छन तर यो जनचाहानलाइ कसरी अनुमोदन गर्ने भन्ने कुरा यो सरकारको काधमा छ ।

जनताका चाहाना असिमित हुन्छन हुनु पनि पर्छ तर तपाइले हाम्रो शिक्षा स्वास्थ्य र रोजगारीमा अलिकति ध्यान दिने हो भने लाखौ युवा बिदेश पलाएन हुनबाट रोक्न सकिन्छ । सरकारले दैनिक असारे बजेट मार्फत अरर्बो रूपैया खर्च गरेको यस्तो कामले न बिकाश हुन्छ न जनताले राहत र प्रतिफल पाउछन मात्र बचेटलाइ सिध्याउने खेल बाहेक अरू केहि पनि उपल्बध हुदैन त्यसकारण यस्तो दैनिक अरबौ खर्च हुने पुजि उद्योग कलकारखाना कृषि सिचाइमा किन लगानि गर्न सक्दैन ? यो सरकारले आजको पेचिलो बिषय यहि हो । उखान टुक्रामा अन्य बिषयमा खर्च गर्ने समय यता ध्यान गए जवाफ कामले दिन्छ शब्दले होइन ।

कृषिमा र सिचाइमा मात्र सरकाले ध्यान दिने हो भने अरबौ आयात गर्ने धान चामल तरकारी हामी परनिर्भरको अन्त्य गरी निर्यात गर्न सक्षम हुने थियो । बेरोजगारी लाखौ युवा अरबको पँचास डिग्रि घाम खाने अबस्थाको अन्त्य हुने थियो । गाँस बास कपास सहबासको निचित हुने थियो जय ऒली सुखको संसारमा रमाउने बातवरण सृजना गर्नु भयो हजुरको भलो होस भोलि भनि गित सडकदेखि सदनसम्म बज्ने थियो ।

अहिले समाजिक संजालमा बिषेश गरी स्वास्थ्य सम्बन्धि समस्या लिएर सहयोगको अपेक्षा गरी कष्टका चित्रकार बाहिर आउछन दुर्इ तिहाइको सरकाले दैनिक असारे बजेट मार्फत अरबौ खर्च गर्न तत्पर छ तर स्वास्थ्य जस्तो जटिल बिषयमा किन जनताको पहुच पुराउने वातावरण सृजना गदैन । यो सरकारले अरू केहि नगरे पनि स्वास्थ्यमा पुर्ण निशुल्कको ब्यबस्था गर्ने हो भने मात्र पनि जनताले ठुलो राहत महसुस गर्ने छन। प्रधानमन्त्री पनि मृगौला पिडित हुनुहुन्छ रोगको समस्या र खर्चको बिषयमा पनि यहाँलाइ पुर्ण जानकारी छ । त्यसकारण सरकाले जति सक्दो छिटो बिमा मार्फत हल गर्ने वा अन्य तरिकाबाट जनताको स्वास्थ्य पहुच पुर्‍याउने यो बिषयमा अलि गम्भिर भएर सोच्ने समय आएको छ । जति सक्दो छिटो स्वास्थ्यमा पुर्ण निशुल्क लागुहोस सरकारसग पैसाको अभाब छैन मात्र सोच बिचारको अभाब हो दुरदृस्टि लामो भिजन प्रयोग गरी यो समस्याको अन्त्य होला भन्ने अपेक्षा राख्दछु ।

इतिहासको प्रत्यक पानामा तपाइलाइ भाबि सन्नततिले सम्झने छन । शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेण्टि गर्ने हो भने अबको तिस बर्ष ने क पा राज्य सत्ता समालेर देशलाइ आमुल परिर्बतन गर्न सक्छ जनताले चाहेको कुनै दल होइन मात्र चाहाना हो बिकाश र समृदि दैनिक जनताका समस्या सम्बोधन होस गाँस बास कपास र सहबासको लागी देश छोडेर प्रदेश हिडने समयको अन्त्य होस ।

अहिले हाम्रो चाहाना भनेको स्वास्थ्यमा पुर्ण निशुल्कको ब्यबस्था होस भोलि बिरामी हुदा भएको सबै सम्पति बेचेर उपचार गराउनु पर्ने समयको अन्त्य होस सबैले आफनो ठाउबाट यो बिषयमा आवज उठाउने प्रयत्न गर्रो भोलिका यस्ता रोगको निवारण गर्ने संकल्प गर्रो यो नै जनताको चहाना हो।

हाल : कुवेतबाट।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...