News Portal

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले ३ जनबरीमा सांगीतिक कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
४८४ पटक

कुवेत, ७ जुलाई : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको अबसर पारेर जनबरी ३ तारिख शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ।

गत जुलाई ५ तारिक शुक्रबार मुर्गाबको गुल्सन होटेलमा डोलराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर समाजका संरक्षक, सल्लाहकार लगायत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ।

यसअघि पनि डान्सिङ स्टार, सिङ्गिङ स्टार लगायतका कार्यक्रम सम्पन्न गरेको समाजले गत जनवरी २०१९ मा अतिथी कलाकार खुमन अधिकारी जस्ता चर्चित राष्ट्रिय कलाकार ल्याएर सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो।

उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन।

अतिथि कलाकार र कार्यक्रम हलको छिट्टै टुंगो लगाएर जानकारी दिइने अध्यक्ष न्यौपानेले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...