News Portal

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले ३ जनबरीमा सांगीतिक कार्यक्रम गर्दै

हिमाली संचार संवाददाता
४६८ पटक

कुवेत, ७ जुलाई : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतले अंग्रेजी नयाँ वर्षको अबसर पारेर जनबरी ३ तारिख शुक्रबार २०२० मा अतिथि कलाकारको साथमा वार्षिक उत्सव तथा सांगीतिक धमका २०२० गर्ने भएको छ।

गत जुलाई ५ तारिक शुक्रबार मुर्गाबको गुल्सन होटेलमा डोलराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर समाजका संरक्षक, सल्लाहकार लगायत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ।

यसअघि पनि डान्सिङ स्टार, सिङ्गिङ स्टार लगायतका कार्यक्रम सम्पन्न गरेको समाजले गत जनवरी २०१९ मा अतिथी कलाकार खुमन अधिकारी जस्ता चर्चित राष्ट्रिय कलाकार ल्याएर सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो।

उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन।

अतिथि कलाकार र कार्यक्रम हलको छिट्टै टुंगो लगाएर जानकारी दिइने अध्यक्ष न्यौपानेले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...