News Portal

नेपालीको मन मुटुमा बस्न सफल रमेश प्रसाईं !

रमेश प्रसाईलाई आँखा होईन जीवनभर साथ दिने सहयात्री चाहिएको छ।

कर्ण अधिकारी
६७६ पटक

पब्लिक स्पिकर सिजन २ मा वजनदार आवाज दिएर उपाधी चुम्न सफल हुनु भएका रमेश प्रसाई उमेरले भर्खर २५ मा कुदि रहेका छ। भाग्यको खेल भनौ वा प्रकृतिको नियति जन्मदै आँखा बिना जन्मिएका यिनले यस धर्तिलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्। सामाजिक संजाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाईन पोर्टलहरूमा जताततै छ्याप छ्याप्ती भेट्दछौ। आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

कम्युनिष्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झण्डा बोक्ने काम चाँहि गरेका छैनन् । गरीवीको रेखा मुनी जन्मिएका प्रसाई आफु गरीव हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालीकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्। महाकवि लक्ष्मी प्रसाद देवकोटाको बिचार संग मिल्दा जुल्दा प्रसाई आफु नखाएर भए पनि दिन दुखीलाई सहयोग गर्न तल्लिन रहन्छन्।

राष्ट्र र राष्ट्रियता प्रति सदा सर्बदा अभिप्रेरीत भएर आफ्ना अभिब्यक्ति दिने प्रसाईले देश प्रेमी नेता र देश भक्तको खुलेरै प्रशंशा गरे पनि भ्रष्ट्राचार, दलाल, बलत्कारी र हत्याराहरूको खुबै आलोचना गर्छन। राम्रा र मिठास पूर्ण कविता पनि बाचन गर्ने प्रसाईको गीत संगीत प्रति पनि त्यति नै मोह छ। नेपालका केहि कलाकार र नेताहरूको समेत क्यारीकेचर गर्ने प्रसाई मिलनसार पनि त्यति नै छन्। राजनैतिक, सामाजिक एवं बिदेशका बारेमा पनि चासो राख्ने प्रसाईले भावी दिनहरूमा अझै दमदार प्रस्तुति दिनेछन्।

आजकल सामाजिक संजालहरूमा प्बलिक स्पिकर रमेश प्रसाईलाई मिल्छ भने म आँखा दिन समेत तयार छु भन्ने सपोटरहरू पनि भेटिएको छ। जसले ती अभिब्यक्ति दिए उहाँ प्रति सम्मान छ तर जसरी रमेश प्रसाईको आँखा नभएर पनि भित्री मनको आँखाले संसार नियाल्दै आफ्नो आवाजबाट सबैलाई मन्त्र मुग्ध बनाई मन जित्न सफल भए सायद आँखा भएको भए यसरी चर्चामा आउने थिएनन होला। रमेश प्रसाईको पहिचान नै यही हो। मलाई लाग्छ आँखा दिनु सम्भाबित कुरा पनि होईन यो त केवल भावना मात्र हो। यति खेर २५ बर्षका रमेशलाई आँखा भन्दा पनि उहाँको जीवनमा सारथी बनि दिने असल र बुझकी जीवन साथीको खाँचो छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...