….बाबू !!! हजुर बुबा किन बोलाउनु भयो ? एउटा राम्रो खानदानी परिवारको छोरीको कुरा आएको छ यता घरमा पनि आमा एक्लै हुनुहुन्छ के छ बिचार तलाइ नसोधि के निर्णय गर्नु भनेर पर्खिरहेको । बुबाको कुराले मन अत्तालियो के भनु के गरु जस्तो भयो निकै अप्ठ्यारो महसुस भयो झन्डै आधा रात अनि चिसो मौसममा पनि खल्खली पसिना आयो बुबाले मेरो मनोभाव बुझ्नु भयो कि के हो सोचेर भोलि निर्णय दिनु भनेर सुत्न तिर लाग्नुभयो मन जेलबाट उम्किएको कैदी जस्तो भयो लामो सास फेरे सुस्केरा हाल्दै बेडमा पल्टिए आँखा भरी मन्जरी नै मन्जरी घुमेको देखे फोन समाए मन्जरीलाई फोन डायल गर्ने मन थियो तर के भनेर सुरु गरुँ ? कहि कतै मन्जरी मेरै आश पो छिन कि मन भरी तनाव भयो म किमार्थ मन्जरीको मन दुखाउने पक्षमा थिइन मन्जरी र म यति नजिक भएका थियौ कि लाग्छ अब हामी एक अर्कालाई बिछोडिएर बाच्नै सक्दैनौ मन भरी एक किसिमको आधिबेहरी मच्चिरह्यो न फोन गरेर मन्जरी सङ सल्लाह गर्न सक्छु न बेखबर भएर नै रहन सक्छु मन भित्र एउटा अन्तरद्द्न्द चलि नै रहयो।
अन्तत मन्जरी मेरो साथि हो मैले सबै कुरा भन्नैपर्छ सल्लाह सुझाव लिनैपर्छ भन्ने लाग्यो र फोन डायल गरे एकपटकको पुरै रिङ खेर गयो तथापि फोन उठेन सायद मैले समयको ख्याल नै गरिन्छु कि ? पुन डायल गरे जलेका मन भित्र तड्पेका यादहरु बग्रेल्ती उफ्रीरहेका हुन्छ्न जुन तह लगाउने क्रममा न सिमा निर्धारण हुदो रहेछ न समय नै मलाई पनि त्यस्तै भएको छ । एकातिर बाबा लाई छोराले आफुले भनिदिएको मानिदिओस भन्ने छ अर्को तिर अभिन्न मित्र मन्जरी न म बाबाको वचन नाघ्न सक्छु न मन्जरीको मन दुखाउन यी दुबैको मध्यमार्गी बाटो खोज्नु पनि मैले मन्जरीको सहायता लिनु जरुरी छ।
यसपटकको रिङ पनि खेर जाने क्रममा थियो अन्तिममा फोन रिशिभ भयो अविरल किन के छ खबर किन यतिबेला कल गरेको ? के हो आफ्नो मान्छेलाइ सम्झिन पनि समय चाहिन्छ र ? त्यो त हो फेरि पनि भन के छ खबर कस्तो रह्यो आजको दिन ? मन्जरी एउटा कुरा भन्छु मान न है ? पहिले भन न तब न थाहा हुन्छ । तिमिलाइ भेट्ने तिब्र इच्छा छ के गरु उनी जिस्किदै म साथमा नै छु हेर न मन्जरी सिरियस्ली भन्दै छु क्या म नि साच्चै भन्दैछु उनि खित्का छोडेर हास्छिन यस्तो कहिलेकाही मजाक हामी भित्र चलिरहन्थ्यो सायद उनले पनि आज त्यही सोचेर मजाक गर्दै थिइन ।
यो पनि पढनुहोस।
मैले अझै गम्भीर भएर भने प्लिज मन्जरी मेरो कुरालाइ मजाक नसम्झ न यति भनेपछि पक्कै पनि अविरल लाई कुनै समस्या भएको हुनुपर्छ सोची मन्जरी ले के भयो भन्नू त ? मन्जरी एकपटक छिटै भेटु न है किन के भयो भन न प्लिज उ बल्ल आत्तिन थाली मैले घरमा भएको सबै कुरा भने र एक चोटि भेट्न पुन अनुरोध गरे उ निकै बेर मौन भइरहि मैले फोनमा मन्जरी के भयो भनेर ३/४ पटक भन्दा पनि उसको कुनै प्रतिक्रिया आएन केही बेरमा उसले आफुलाइ समाल्दै केही भएको छैन । भेटन यति परको दुरी भन्ने बित्तिकै कसरी सम्भव होला र ? मन्जरी प्लिज समय निकाल न म आतुर छु भेटनलाई मेरो कुरा टुङिन नपाउदै निकै भावुक हुँदै मन्जरी भन्छिन पर्सि म काठमाडौ जाने योजना छ तपाईं समय मिलाएर आउनु होला यात्रा अबधी भर कुरा हुनेछ तर यात्रा सकिएपछि म आफ्नो बहिनिको मा जानुपर्छ ।
ओहो धन्य मन्जरी म जसरी पनि आउछु मन केही शान्त भयो सुत्ने प्रयास गर्दै थिए पूर्वीय क्षितिजमा लाली पोतिइसकेको रहेछ सखारै उठेकी आमा चिया तयार भयो आइज बाबू भन्दै बोलाउनु हुँदै थियो। आफुलाइ चिया पिउने मन थिएन तर नपिउने बित्तिकै धेरै उत्तर दिनुपर्ने स्पष्टीकरण पेश गर्नुपर्ने बाध्यता ले चिया पिए र भोलिको मन्जरीको भेटको व्यग्र प्रतीक्षा मै रहे ।
ए बुढी छोरा के भन्छ ?तिमिले सोधिनौ ? मैले सोधेको छैन हुर्किएको छोरा हामीले के सोध्नुपर्यो र आफै बुझ्ने भएको छ सारा गाउँ भरीको न्याय अन्याय छुट्टाउन सक्छ कतिको बिहे गराइदिएको छ सारा गाउँ बुझेको छोरालाई के कर गर्नु हो बुढा हामिले यसो कुरा झल्कादिने हो बाकी उसैको कुरा । हुन त हो नि बुढी फेरि उ जति नै जान्ने भए पनि हाम्रो लागि त बच्चा नै हो नि होइन र फेरि हरेक सन्तानको लागि आफ्नो कुन चाहि बाबुआमा ले कुभलो चिताउछन र ? यी र यस्तै कुरा बुबाआमा बिच चल्दै थियो म एकतमास भएर सुनिरहेको थिए उहाँहरुको कुरालाइ प्रतिबाद गर्न सक्ने आट पनि म मा थिएन तर् पनि मैले आमालाई खुसुक्क एक हप्ताको समय मागे र काठमाडौमा पार्टीको कार्यक्रम भएकोले भोलि नै त्यसतर्फ जानुपर्ने र त्यताबाट फर्किएपछि निर्णय दिने कुरा सुनाए आमाले जस्ताको तस्तै बाबालाई सुनाउनु भयो बाबा फेरि जब म बाहीर जाने कुरा हुन्थ्यो कहिल्यै प्रतिबाद गर्नुहुन्नथ्यो त्यही भएर पनि मेरो प्रस्तावलाई सहज लिनु भयो ।
हरेक बिचार भित्र एउटा सहज भावना हुन्छ अनि ती भावना भित्र अनगिन्ती सपनाको महलहरु सजिएका हुन्छन कुनै निन्द्राबाट बिउझिएपछी बिलाएका सपना जस्तै बिलाएर जान्छन त कतिपय कल्पिएका ती सपनाहरु यथार्थमा परिणत हुन्छन जुन मानिसको जिन्दगी को यात्रा हो । आज यहि यात्रा तय गर्ने समयको एउटा महत्त्वपूर्ण परिक्षाको घडिमा उभिएको छ अविरल ।
बिहानको चिसो मौसमले खुलेका उसका आँखाहरुले गन्तव्य को आकलन गरिसकेको थियो। पूर्वीय क्षितिजमा बिना स्वार्थ सुर्यले आफ्नो लाली छोडिसकेको थियो सामुन्ने रहेको मनास्लुलाइ सुर्यले चुमी सकेको थियो सुर्यको त्यो न्यानो चुम्बनले मनास्लु लाजले रातो बनेकी थिइ तर पनि उ खुशी भने अबस्य थिइ अविरल त्यो सुर्य र मनास्लु बिचको अघात प्रेमलाई नियाल्दै आफ्नो यात्रा ……!