News Portal

राजनारायण पाठकलाई मात्रै होईन वाईडबडी भ्रष्ट्रचारीलाई पनि जेल हाल नेपाल सरकार !

कर्ण अधिकारी
५८० पटक

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख भन्दा बढी रकम भ्रष्ट्राचार गरेको कुरा नेपालका राष्ट्रिय पत्रपत्रिका, राष्ट्रिय टेलिभिजनहरू र सामाजिक संजालहरूमा भाईरल भएसंगै अहिलेको नेकपाको सरकारले महा अभियोग लगाउनु पुर्व नै राष्ट्रपति मार्फत राजीनामा शुक्रबार बुझाएको भन्ने सुनिए संगै यस्ता देश द्रोही र भ्रष्ट्राचारीहरूका बिषयमा केही वकालत गर्ने जमर्को गरेको छु। देश र जनताको हित बिपरीत काम गर्ने जसलाई नेपाली जनताले बिश्वासको साथ हेरीएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्ट्राचारमा आए पछि जनताले बिस्वास गर्ने कुनै ठाउँ नै रहेन।दुई तिहाईको नेकपाको सरकार भएको हाम्रो देशमा जनताले खासै आश गर्ने कुनै ठाउँ देखिएन।

यो काण्ड त सतहीमा आएको काण्ड मात्रै हुन सम्पति सुद्धिकरणमा काम गर्ने कर्मचारीहरू चाहे उपसचिव हुन चाहे सुब्बा खरदार नै किन नहुन तिनीहरूको अबस्थालाई चित्रण मनन गर्न जरूरी छ। त्यसमा काम गर्नेहरूको उल्टै सम्पति सुद्धिकरण गर्ने हो भने सायद ससुराली आफ्ना आफन्तका नाममा पनि सम्पति लुकाएको हुन सक्छ। आयुक्तले नै देखा देखि घुष खान्छन भने अरू माथि हामीले औला ठड्याउन पाउनु पर्छ र अरू पनि शंकाको घेरा भित्र पर्न सक्छन। यो आयुक्त पाठकको राजीनामा होईन यस्तालाई महा अभियोग लगाएर मुस्लिम देशहरूमा झै टुडीखेलमा लगेर सारा जनताको माझ झुण्डाउने वा गोली ठोकेर मार्नु पर्छ।त्यसै गरी सरकारको मन्त्री पदमा बस्नेहरू र पुराना मन्त्रीहरूले पनि भ्रष्ट्राचार गरेको छन भने तिनीहरूलाई पनि त्यसरी नै जनताको सामु ल्याएर मृत्यूदण्ड दिने कानुन नेपालमा ल्याउनु पर्छ।बलत्कारी,हत्याराहरूलाई पनि त्यसरी नै मार्ने निति नियम बनाउ जरूरी छ।

लाज पचेका आयुक्त यो मेरो भूल भयो भन्दै क्षमा मागेर हुन्छ ? यसले भ्रष्ट्रचार त गर्यो तर यसको सात पुस्तालाई नराम्रो गरेर छाड्यो।यस्ताले त मरे पछि पनि शान्ति पाउने छैन। सुन्दै छु पाठकलाई १२ बर्षको जेल सजाय तोकीयो रे ! यो त कम भएन र भन्या ?अर्को तिर आलै रहेको वाईड बडी जहाज काण्डमा पनि ४ अरब ५६ करोड भ्रष्ट्रचार भएको कुरा सतहीमा आई सकेको छ ।के नेपालका सांसद मन्त्री भएकै कारण त्यस्ता भ्रष्ट्रचारीहरूलाई चाँहि जेल हाल्नु पर्दैन नेपाल सरकार ? सक्छौ भने यस्ता भ्रष्ट्रचारीलाई कानुनी दायरामा ल्याएर कार्बाही गर ।

यी आयुक्त पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस लिएको भिडियो रेकर्ड सम्बन्धी समाचार बुधबार देखि नै सार्वजनिक भएको थियो। उक्त भिडियो रेकर्ड प्रधानमन्त्री केपी शर्मा ओली, अख्तियार प्रमुख नविन कुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलले ४ महिना अघि नै हेरिसकेको भएपनि उनीमाथि कारबाही अघि बढाएका थिएनन्।

सम्माननीय प्रम केपी ओलीले म भ्रष्ट्रचारीलाई एक आँखाले पनि देख्न चाहदिन भन्नु हुन्थ्यो आखिर हो रै छ ।सम्माननीय प्रम ज्यू हजुरले पानी जहाजको अफिसको पनि उद्घाटन गर्नु भयो त्यसै गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा पनि गर्नु भयो तर खै त यी भ्रष्ट्रचारीहरूलाई कार्बाही ? कता हरायो वाईड बडी काण्ड ? कता हरायो एनसेल काण्ड ? कता हरायो सुन काण्ड ? कता हरायो फोर जी काण्ड ? कता हरायो बुढी गण्डकी काण्ड ? यस्ता बिसौ काण्ड भएको छ ओली ज्यूको १ बर्षे कार्य कालमा फागुन २ बाट उहाँको सरकारले पहिलो बर्ष पार गरी दोस्रो बर्षमा पार गरी सकेको छ। यी ३ करोड नेपालीका आँखाले अरू काण्डहरू देख्न नपरोस। यो अख्तियारको आयुक्त पाठकलाई मात्र १२ बर्षको जेल सजाय मात्र होईन वाईड बडी जहाजका भ्रष्ट्रचारीलाई पनि जेल हालेको हेर्न चाहन्छन नेपाली जनता ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...