News Portal

  • एक हरफ जिन्दगी !

    ओम पाण्डे
    ६८२ पटक

    मनभरी भावना छन तर छताछुल्ल भएर पोखिन सकेको छैन। कलमको निबमा करोडौं शब्दहरु छन तर कोरिनग सकेका छैनन । आंखामा अनगिन्ती तरंग छन तर छ्र्लंग हुन सकेको छैन। हाम्रो जिन्दगी एक हरफ छ जुन पूरा हुन पनि पाउने हो कि होइन। हाम्रो मृत्यु जति अनिश्चित छ सायद जिन्दगी त्यो भन्दा धेरै अनिश्चितताहरुको थुप्रो हो …हाम्रो दुइ मुठी साससंग भलै जिन्दगीको सम्बन्ध होला तर तुलना हुनै सक्दैन।

    न मानिसले जन्मिदै जिन्दगी लिएर आएको हुन्छ ….नत नमरुन्जेल जिन्दगीले भौतिक शरीरलाई सम्हालिरहन्छ। जिन्दगी समय र भोगाइले सिकाउने पाठ रहेछ। किन याहाँ मान्छेहरु हजारौ पटक मरेर बाँचेका छन् ? किन याहाँ आधा उमेर जिन्दगी खोजेरै बित्छ ? किन जिन्दगीले मानिसलाइ बारम्बार जिउन सिकाइरहन्छ ? यी सबै मात्र सोधिने प्रश्न हुन् … जिन्दगीलाई भर्खर चाख्दै छु, मैले नि जुठोहाल्न पाएको छैन …!!! प्रत्येक दिनको एक एक मिनेट र सेकेन्डसंग जोडिएको छ जिन्दगीको हिस्सा !!! मिठो होस् या नमिठो, एक एक खित्का हासोसंग जोडिएको छ जिन्दगी, एक थोपा नै किन नहोस हरेक रात एकान्तमा रोइने आँशुसंग जोडिएको छ जिन्दगी। तर अच्चम, जिन्दगी आफ्नो हो, यहाँ जिउनेहरु धेरै छन् ।

    यहाँ फोकटमा खुशी बाडिन्छ आजकल त् किन्न पनि पाइन्छ रे !!! खुशीका रुपहरु समयसंगै बदलिएका छन् ….यहाँ पिडा दिनु , भावनाको कालोबजारी गर्नु , मनलाई जुवा बनाएर खेल्नु , सम्बन्धलाई चाइनिज माला सरह मुल्यांकन गर्नु , अरुको दुखमा भोज खुवाउनु र कसैको आँशुमा पौडी खेल्नु ..नै खुशी हो । उपेक्षा र घृणा मानबताको पहिलो शुत्र हो। सायद मैले जिन्दगी त्यहि देखें, जहाँ नेवारी खाजाघरमा आर्यन देखि मंगोलियन स्वादका भोजनहरु यौनखाजाको रुपमा पाइन्छ।

    यहाँको संस्कारले सकेसम्म देखाउ भन्छ।नभएको धनको पुजुक देखि शरीरका अंग अंग र पुर्जाहरु। संघर्ष र प्रतिश्पर्धाको रुपहरु फेरिएका छन्, कला र क्षमताको मुल्यांकन दुनिया टिभी र रेडियोका माइकालालहरुको फुकेको आधारमा मापन गर्छ। यहाँ संघर्ष गर्नेले फल पाउछ र फलको बोट हुन्छ दुनियाको रगत चुस्ने दलालसंग। परिबर्तनशिल हुनुको कुनै सिमा छैन यहाँ । हिजो नाङ्गो खुट्टा हिन्नेहरु आज जुत्ता लगाएको छु भनेर अरुलाई सकेसम्म किच्दै हिड्न खोज्छ। मान्छेमा अर्को घमण्ड उब्जिएको छ ..त्यो हो पैसाले …यतिसम्म सोच्न सक्छ कि मानिस पैसाले जन्म दिने आमा नै किनिदिन सक्छु झैँ गर्छ। तर समयसंगै त्यो पनि सम्भब नहोला जस्तो लाग्दैन ..यहाँ धर्म त किन्न पाइन्छ ।

    हुनत जिन्दगी खल्लो र चर्को बिचको एउटा असमानता होकी ??? जिन्दगी खुशी र दुखहरुको समिश्रण होकी ??? जे सुकै होस्, यहाँ कुनै चिज गुमाउन जति सजिलो छ पाउन …त्यसको दोब्बर तेब्बर चौबर गाह्रो छ, लाग्छ, हरेक चिज पाउनको लागि अब यहाँ लाइन बस्नु पर्छ टोकन हातमा लिएर । माया, सम्मान, साथ्, खुशी ..यी सब्बै !!! आखिर जिन्दगीको अर्थ नै खोज्ने हो भने त त्यो चिसो रातमा सडक पेटीमा दंग्र्यांग लडेको बटुवालाई एकपटक सोधी हेरौ न ।

    जिन्दगीले मानिसलाइ सिकाएको अर्को पाठ चै लोभ, कागज बोतल बटुली हिड्नेसंग २ रुपयाको बार्गेनिङ्ग गरिरहन्छ …अघिल्लो रात ठगि गरेको पैसाले मादक पिएको बोतल बेच्दा । परिचालकसंग २ रुपियाको छुट खोस्छ नक्कली परिचयपत्रको खोल ओडेर ….यहाँ थुप्रै भेटिन्छन, बा आमालाइ आश्रम छाडेर आफु क्यासिनोमा बास बस्नेहरु । फेरी यहि छन्, १ प्लेट पानीपुरी बेचेर २ छाक टार्नेहरु। देशभक्तिको मन्त्र जप्दै भारतिय ओछ्यानमा निदाउने दलालहरु ।……हे जिन्दगी ..सिकाइदेउ न फरक बाच्नु र जिउनुको …. !!! देउ न भिख हर रात मरेर बाच्नेहरुलाई !!! रंग छरिदेउ, आजसम्म ब्ल्याक एण्ड ह्वाईटमै सिमित भएकाहरुलाई, माया गर्न सिकाइदेउ ….निस्ठुरिहरुलाई …. चर्को पानि पिलाइदेउ ….खल्लो खल्लो थुकको घुट्कोमा जिन्दगी निल्नेहरुलाई !!!! एक हरफ जिन्दगी…….

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...