News Portal

वडाध्यक्ष हुनु त प्रताप तामाङ जस्तो, कोरियाबाट मृत शव ल्याउन सहयोग गरे १ लाख १ हजार नगद

हिमाली संचार संवाददाता
४३५४ पटक

रबिन्द्र बराल
माेरङकाे सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको छाेरा सन्तोष विष्ट राेजगारीकाे सिलसिलामा कोरिया गएको डेढ वर्ष नपुग्दै उनको सडक दुर्घटनामा परी मृत्यु भएकाे छ । सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा डुवेको छ ।

सुन्दर भविष्य निर्माणको कल्पना गरेर बिबाह गरेको केही महिनामा बिदेश हानिएका २९ वर्षीय सन्तोष विष्टको गत जुलाई १२ मा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा उनको मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको स्थानीयले कोरियन दूतावासलाई उधृत गर्दै बताए । सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नुपर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

यता मृत्यू भएको २५ दिन भइसक्दा पनि शव नआउँदा ६० वर्षीय वावु नरेन्द्रबहादुर विष्ट , ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र उनकी जीवन सङ्गीनी सरिता रोएर दिन बिताइरहनु भएको छ । शोकले उहाँहरूको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भन्नुभयो – १३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । आखाँभरि आँशु पार्दै उहाँ भन्नुभयो – शब ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ?

सन्तोष दलालमार्फत दुवईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाई छ । यसैबीच सुनवर्सी २ का वडाध्यक्ष प्रताप तामाङले सन्तोष विष्टको शव ल्याउन शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद रुपियाँ सहयोग गर्नुभएको छ ।

उहाँले सहयोग गर्दै आफ्नो वडाको वासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैषियतले ब्यक्तिगत रुपमा नगद सहयोग गरेको बताउनु भयो । गाउँको आशलाग्दो युवाको असामयिक निधन प्रति दुख प्रकट गर्दै तामाङले भन्नुभयो – म उहाँहरूको साथमा छु । बोल्दा बोल्दै भक्कानिनु भएका तामाङले बीच मै मन्तब्य टुङ्ग्याउनु भएको थियो ।

शव ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सन्तोषको शव ल्याउने खर्च र प्रशासनिक प्रक्रिया मिलाउन लागेका छन् । वडाध्यक्ष तामाङ नेपाली काग्रेसबाट निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...