News Portal

वडाध्यक्ष हुनु त प्रताप तामाङ जस्तो, कोरियाबाट मृत शव ल्याउन सहयोग गरे १ लाख १ हजार नगद

हिमाली संचार संवाददाता
४४७१ पटक

रबिन्द्र बराल
माेरङकाे सुनवर्सी नगरपालिका वडा नं. २ का नगेन्द्रबहादुर विष्टको छाेरा सन्तोष विष्ट राेजगारीकाे सिलसिलामा कोरिया गएको डेढ वर्ष नपुग्दै उनको सडक दुर्घटनामा परी मृत्यु भएकाे छ । सुनवर्सी २ अमरदह बजार यतिबेला शोकमा डुवेको छ ।

सुन्दर भविष्य निर्माणको कल्पना गरेर बिबाह गरेको केही महिनामा बिदेश हानिएका २९ वर्षीय सन्तोष विष्टको गत जुलाई १२ मा सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा उनको मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको स्थानीयले कोरियन दूतावासलाई उधृत गर्दै बताए । सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नुपर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

यता मृत्यू भएको २५ दिन भइसक्दा पनि शव नआउँदा ६० वर्षीय वावु नरेन्द्रबहादुर विष्ट , ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र उनकी जीवन सङ्गीनी सरिता रोएर दिन बिताइरहनु भएको छ । शोकले उहाँहरूको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भन्नुभयो – १३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । आखाँभरि आँशु पार्दै उहाँ भन्नुभयो – शब ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ?

सन्तोष दलालमार्फत दुवईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाई छ । यसैबीच सुनवर्सी २ का वडाध्यक्ष प्रताप तामाङले सन्तोष विष्टको शव ल्याउन शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद रुपियाँ सहयोग गर्नुभएको छ ।

उहाँले सहयोग गर्दै आफ्नो वडाको वासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैषियतले ब्यक्तिगत रुपमा नगद सहयोग गरेको बताउनु भयो । गाउँको आशलाग्दो युवाको असामयिक निधन प्रति दुख प्रकट गर्दै तामाङले भन्नुभयो – म उहाँहरूको साथमा छु । बोल्दा बोल्दै भक्कानिनु भएका तामाङले बीच मै मन्तब्य टुङ्ग्याउनु भएको थियो ।

शव ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सन्तोषको शव ल्याउने खर्च र प्रशासनिक प्रक्रिया मिलाउन लागेका छन् । वडाध्यक्ष तामाङ नेपाली काग्रेसबाट निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...