News Portal

रंगेली बिधुत प्राधिकरणमा १ बर्षमा १६ करोडौं १६ लाख बराबरको राजस्व संकलन

हिमाली संचार संवाददाता
१२०९ पटक

रबिन्द्र बराल
मोरङ : नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रलेे २०७४/७५ सालकाे अार्थिक बर्षमा १६ करोडौं १६ लाख ११ हजार १ सय ८८ रुपैयाँ ५९ पैसा बिधुत महसुसबाट राजस्व उठाउन सफल भएको छ । यस बितरण केन्द्र बाट रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, धनपालथान गाउँ पालिका, कानेपाेखरी गाउँपालिका गरि जम्मा ४१ हजार ९ सय ४४ घर धुरीलाई सेवा दिईदै अाईरहेका छन ।

बिधुत प्राधिकरणले कालाे सुचिमा रहेका ग्राहाक बाट २ लाख ४१ हजार ५सय ६७ रुपैया ९ पैसा रकम समेत उठाएकाे छ । त्यसैगरी चाेरी गरेर  बिधुत प्रयाेग गर्ने १ सय ५७ ग्राहकबाट १० लाख ११ हजार ५ सय ८३ रुपैयाँ ५० पैसा समेत राजस्व उठाउन हाे ।

त्यसैगरी बिधुत खपत गरेर रकम नतिर्ने १हजार ४ सय २१ जना ले तिर्नुपर्ने २ करोडौं १२ लाख २५ हजार ९सय ६२ रुपैयाँ ४२ पैसा असुली हुनुपर्नेमा प्राधिकरणले १ हजार १९ ग्राहक संग १ करोडौं ६५ लाख १४ हजार ३८ रुपैयाँ ८१ पैसा समेत संङकलन गरेको छ ।

उक्त प्राधिकरणमा स्वीकृति दरवन्दि ७८ जना रहेता पनि प्राधिकरणमा भने ५१ जना मात्रै कर्मचारीहरु  रहेेेेका छन । बिराटनगर वितरण केन्द्र अन्तर्गत उप केन्द्र काे रुपमा रहेर काम गर्दे अाएकाे र २०६७ साउन १ गतेदेखि रंगेली बितरण केन्द्र काे रुपमा स्थापित भएको रंगेली प्राधिकरण का प्रमुख संन्जय गुप्ता लेे बताए ।

ग्रहककाे सेवाका लागि यस केन्द्र अन्तर्गत एउटा सवस्टेशन ८ वटा फ्युुज सेवा र एउटा बिधुत महसुल संङकलन केेेन्द्र तथा रहेको छ । विधूत महशुल अनलाइन सेवा बैकहरु तथा ई सेवाबाट रंगेली बितरण केन्द्र अन्तर्गत अमरदह, कानेपाेखरी, सिजुवा, रमाईलाे, कर्सिया, रामचाेक, हाेक्लाबारी, रंजनि लागयत २४ स्थान मार्फत बिधुत महसुल समेत तिर्न सकिने लेखा प्रमुख भाेला चाैधरी ले बताए  ।

नेपाल बिधुत प्राधिकरणका विभीन्न कर्मचारी सङ्घ सगठन रंगेली ईकाइ समितिद्वारा बिधुत चुहावट नियन्त्रण तथा महशुल संकलन र मिटर रिडिङ सहित छडके चेक जाँच सम्वन्धित जनचेतना मुलक कार्यक्रम अभियान सन्चालन गर्दा अाएकाे छ ।

आर्थिक वर्ष २०७४।०७५ मा अपेक्षाकृत चूहावट प्रतिसत ६.६२ ले घटेर २९.८२ रहेको छ । यस आ.व. मा विद्यूत चोरी गरिरहेको अवस्थामा चूहावट नियन्त्रण्ँ टोलीद्धारा विभिन्न समयमा पानी तान्ने मोटर ४६, चार्जर बैट्री ४, सोलार प्यानल १, टेबूल पंखा ६ भाईब्रेटर १ वेल्डिंग मेसीन ३, सिटी रिक्सा चार्जर ४, टि.भि. ५, रड कटर ३ थान जफत समेत गरेको छ ।

प्राधिकरणले लोड अनूसारको कम्तिमा रु ३ हजार देखि ७२ हजार सम्म जरिवाना अशूल  गरेर कार्बाहि गरेको लेखा प्रमूख चौधरीले बताए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...