News Portal

फिल्मी शैलीमा गृहजिल्ला रौतहट पुगिन् राज्यमन्त्री झा

हिमाली संचार संवाददाता
८३६ पटक

रौतहट – चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य नेपालमै देखिएको छ ।

प्रसंग हो, प्रदेश २ कि राज्यमन्त्री डिम्पलकुमारी झा गृहजिल्ला रौतहट जाँदा देखिएको गाडीको लावालस्करको दृश्य ।
दक्षिण भारतीय चलचित्रहरुमा विशेष गरी खलपात्रहरुको बलियो आर्थिक अवस्था र रवाफ प्रस्तुत गर्न देखाइन्छ ।

पहिलो पटक राज्यमन्त्री भएकी झा गृहजिल्ला जाँदा देखिएको गाडीको लावालस्करले त्यसकै झल्को दिएको छ ।

झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् । डिम्पल गृह जिल्ला जाँदा अनिल पनि सँगै थिए । त्यसैले पार्टी नेता कार्यकर्ताले स्वागत गर्नु स्वाभाविक हो तर, स्वागतका नाममा ५० भन्दा बढी गाडी अघिपछि लगाएको दृश्य भने अलि अनौठो थियो।जिल्लाकै पहिलो राज्यमन्त्री भएकी झाको गरुडादेखि सदरमुकाम गौरसम्मै स्वागत भएको छ ।

झाको लावारलस्कर गौर- चन्द्रनिगापुर सडकखण्डको भत्किएको पुल अगाडि पुग्दा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...