News Portal

फिल्मी शैलीमा गृहजिल्ला रौतहट पुगिन् राज्यमन्त्री झा

हिमाली संचार संवाददाता
७२१ पटक

रौतहट – चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य नेपालमै देखिएको छ ।

प्रसंग हो, प्रदेश २ कि राज्यमन्त्री डिम्पलकुमारी झा गृहजिल्ला रौतहट जाँदा देखिएको गाडीको लावालस्करको दृश्य ।
दक्षिण भारतीय चलचित्रहरुमा विशेष गरी खलपात्रहरुको बलियो आर्थिक अवस्था र रवाफ प्रस्तुत गर्न देखाइन्छ ।

पहिलो पटक राज्यमन्त्री भएकी झा गृहजिल्ला जाँदा देखिएको गाडीको लावालस्करले त्यसकै झल्को दिएको छ ।

झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् । डिम्पल गृह जिल्ला जाँदा अनिल पनि सँगै थिए । त्यसैले पार्टी नेता कार्यकर्ताले स्वागत गर्नु स्वाभाविक हो तर, स्वागतका नाममा ५० भन्दा बढी गाडी अघिपछि लगाएको दृश्य भने अलि अनौठो थियो।जिल्लाकै पहिलो राज्यमन्त्री भएकी झाको गरुडादेखि सदरमुकाम गौरसम्मै स्वागत भएको छ ।

झाको लावारलस्कर गौर- चन्द्रनिगापुर सडकखण्डको भत्किएको पुल अगाडि पुग्दा खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...