News Portal

मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत ‘मेरी आमा…’सार्वजनिक (भिडियो)

हिमाली संचार संवाददाता
१०९७ पटक

काठमाडौं : मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ। सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउनेआमा नै हुन् ।

“मेरी आमा” नामक गीतमा राम कुमार नेपाली आर.के. को स्वर रहेको छ भने अशोक केसीको शब्द, नेत्र बन्धन केसीको संगीत रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको गीतमा मिलन बिकको सम्पादन, दुर्लभ श्रेष्ठको छायांकन रहेको छ ।

उक्त गीतको भिडियोमा सन्जिब ठकुरी, उनकै आमा बिन्दा ठकुरी र बुवा उद्धव ठकुरीको अभिनय देख्न सकिन्छ। गीतको भिडियोलाई सन्जिब ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

मोडल ठकुरी दोलखाका स्थायी बासिन्दा हुन। उनी केहि समय यता कलाकारितामा सक्रियता जनाउदै देश तथा बिदेशका विभिन्न मेला महोत्सवमा सहभागिता जनाएर आफुमा भएको कला प्रस्तुत गरीरहेका छन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...