News Portal

बंगलादेश निर्वाचन : तेस्रोपटक शेख हसिनाको पार्टी विजयी !

हिमाली संचार संवाददाता
७३९ पटक

ढाका : बंगलादेशको चुनावमा लगातार तेस्रो पटक शेख हसिनाको पार्टीले विजय प्राप्त गरेको छ। बंगलादेशको निर्वाचन आयोगका अनुसार हसिनाको सत्तारुढ पार्टी अवामी लीगले ३ सय ५० संसदीय सिटमा २ सय ८१ सिट प्राप्त गरेको छ।

यस अघिको चुनावमा भन्दा यो पटक पार्टीले अधिक सिटमा विजय निकालेको हो। हसिना सन् २००९ देखि प्रधानमन्त्री छन्।

बंगलादेशका विपक्षी पार्टीले आम चुनावको विरोध गरेकाछन्। उनीहरुले यसलाई हाँस्यासपद भनेका छन्। विपक्षी दलले पुन मतदानको माग गरेका छन्।

विपक्षी दलले कुल ७ सिटमा जित निकालेका छन्। विपक्षी दल बीएनपी प्रमुख वेगम खालिदा जियाले चुनावमा भाग लिन पाएकी थिइनन्। उनी भ्रष्टाचारको आरोपमा जेलमा छन्।

विपक्षी नेता कमाल हुसेनले चुनाव आयोगलाई हास्यासपद नतिजाको अमान्य घोषणा गर्न माग गरेका छन्। आइतबार भएको मतदानमा सत्तारुढ दल र विपक्षीबीच झडप हुँदा १७ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...