News Portal

स्याङ्जाकी कृतज्ञा अर्यालले बनाएको शृंखला र सलमानको यो स्केच, सामाजिक संजालमा भाइरल हुँदै

हिमाली संचार संवाददाता
७२७ पटक

स्याङ्जा वालिङ्की कृतज्ञा अर्याल चार्टर एकाउन्टेन्टकी बिद्यार्थी हुन् । हाल उनी अध्ययनको लागि भारतको राजधानी दिल्लीमा छिन्। उनलाई पढ्न संगै आर्ट गर्न र गित गाउन धेरै मन पर्छ। आर्ट आफ्नो विषय नभएता पनि फुर्सद हुँदा थोरै थोरै गरेर उनले स्क्रेच बनाउने गर्छिन् । “आर्टमा मलाई डुब्न मन लाग्छ किनभने यसबाट मान्छेको भावना थाहा पाइन्छ, आर्ट गरेर कसैलाई गिफ्ट दिन पाउँदा मलाई खुशी लाग्छ”।

उनले भनिन्। हालै मात्रै कृतज्ञाले बनाएको मिस नेपाल तथा मिस वर्ल्डकि प्रतिस्पर्धी शृङ्खला खतिवडाको स्केच अहिले सामाजिक संजालमा धेरैले मन पराएका छन् । कृतज्ञा शृङ्खलाकि फ्यान हुन् । शृङ्खला राम्री संगै धेरै कुरामा ट्यालेन्ट भएको हुँदा आफुलाई अत्यन्तै मन पर्ने बताउछिन्।शृङ्खला यो स्थान सम्म आउनुको प्रमुख कारण मिहेनत र उनको ट्यालेन्ट भएको कृतज्ञाले बताइन्।

यो क्षेत्रमा समय धेरै चाहिने तर आफु पढ्ने विद्यार्थी भएकोले प्राप्त समय नुहुने हुँदा चाहेका धेरै कुराहरू आर्टमा उत्रान नसक्ने उनको गुनासो छ ।

शृङ्खलासंगै हालसम्म उनले आफ्ना मिल्नेसाथीहरु,
हजुरमुमा, अंकल, अन्टि मामा, माइजू, लगायत आफुलाई मन पर्ने नेपाली नायक आकाश श्रेष्ठ, हिन्दी नायक सलमान खानको स्केच बनाएकि छन्। आफुले आर्ट सम्बन्धी थप सिकेर भविस्यमा यसलाई सानो व्यवसायीक क्षेत्रमा पनि लैजाने कृतज्ञाको सोंच रहेको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...