News Portal

सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेस निकट व्यवसायी विजयी

हिमाली संचार संवाददाता
८५५ पटक

सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । सोमबार घोषणा गरिएको मतपरिणाम अनुसार रावतले प्रतिष्पर्धी प्रकाश उप्रेतीलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार ८ सय १० मत प्राप्त गर्दै रावत विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रकाश उप्रेतीले ७ सय ९३ मत प्राप्त गरे ।

रावत र उप्रेती प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका थिए। उप्रेतीलाई नेकपा समर्थित व्यापारीहरुले समर्थन गरेका थिए भने रावत कांग्रेस निकट व्यवसायीहरुको समर्थनमा एक्लै चुनावी मैदानमा होमिएका थिए।

संघका हालसम्मका ४ जना पूर्व अध्यक्षहरु उप्रेतीको पक्षमा उभिँदा एक जना पूर्व अध्यक्ष टेकबहादुर भण्डारी मात्र रावतको पक्षमा थिए। चुनावी परिणामसंगै सबै पूर्व अध्यक्षहरुमा एक जनाको समर्थन भारी परेको देखियो।

रावत नेतृत्वको लोकतान्त्रिक समूहबाट अध्यक्षसहित महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदमा निर्वाचित भएका छन्। मत परिणाम अनुसार महासचिवमा लोकतान्त्रिक समूहका लक्ष्मण कँडेलले ७ सय ७८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम् प्रतिद्धन्द्धी संयुक्त व्यवसायी समूहका कलाधर उपाध्याय केदारले ७ सय ४८ मत प्राप्त गरेका छन् ।

सचिवमा लोकतान्त्रिक समूहका रामप्रसाद पाण्डेले ७ सय ६५ मत ल्याई विजयी हुँदा संयुक्त व्यवसायी प्यानलका शिवराज जैसीले ७ सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै गरी कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका भद्र भण्डारीले ८ सय ६ मत ल्याइ विजयी हुँदा संयुक्त व्यवसायिक प्यानलका गोविन्द पाण्डेले ७ सय ३० मत ल्याए।

संघको बरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएका छन् । बरिष्ठ उपाध्यक्षमा हर्ष बिक्रम खड्का ७ सय ८९ मत ल्याइ विजयी भएका छन् । उनका प्रतिद्धन्दी लोकतान्त्रिक समूहका बासुदेव शर्माले ७ सय ७४ मत पाएका छन् । वाणिज्य तर्फको उपाध्यक्षमा दीपेन्द्र ढकालले ७ सय ७३ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक समूहका प्रवल शाहीले ७ सय ६४ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत ८ सय ५ मत ल्याएर विजय भएका छन् भने उनका प्रतिद्धन्दी हरी बिष्टले ७ सय २४ मत पाएका छन् ।

त्यस्तै संघको महिला उपाध्यक्षमा भने लोकतान्त्रिक समूहका उम्मेदवार कृष्णाकुमारी थापा ७ सय ६६ मत प्राप्त गरी निर्वाचित भएकी छिन्। महिला उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलकी बसन्तीकुमारी बस्नेतले ७ सय ४७ मत प्राप्त गरेकी छिन् । संघको नयाँ नेतृत्वका लागि मंसिर २९ गते मतदान भएको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...