News Portal

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा काफ्ले

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडाैँ : गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको अाइतबार भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का र कोषाध्यक्षमा दीर्घपाणि (डिपी) उपाध्याय चयन भएका छन ।

अघिवेशनबाट सदस्यमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी वासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भएका छन ।

दुई वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्ष बगाले, महासचिव दाहाल र कोषाध्यक्ष उपाध्याय निर्विरोध भएका हुन भने अन्य पदमा नेकपा समर्थित पत्रकारहरूको समूह र व्यवसायिक भनिएको पत्रकारको समूहको बीचमा मतदान भएको थियो ।

नेकपा निकटका पत्रकारहरूको तर्फबाट कार्यबाहक अध्यक्षको जिम्मेवारीमा रहेका नरेन्द्र साउदले अध्यक्षमा प्रतिस्पर्धा गरेपनि १५ मतले पराजित भए ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...