News Portal

सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचनमा, जिल्लाको राजनीतिक माहौल पनि चर्चामा !

हिमाली संचार संवाददाता
६८५ पटक

सुर्खेत : सुर्खेत उद्योग बाणिज्य संघको शनिबार मंसिर २९ गते हुने निर्वाचनले सुर्खेतको व्यापारिक माहौल निकै गर्माएको छ । व्यापारिक माहौल मात्र होइन जिल्लाको राजनीतिक माहौल पनि चर्चामा आएको छ । धनबहादुर रावत नेतृत्वको लोकतान्त्रिक प्यानल र प्रकाश उप्रेती नेतृत्वको संयुक्त प्यानल आफ्नो पक्षमा नतिजा पार्न भरमग्दुर प्रयास गरिरहेका छन् ।

दुवै नेतृत्वले व्यवसायिक हकहितका लागि भनेर आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरिरहेका छन् । यसका साथै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई औद्योगिक नगरीको रुपमा विकास गर्ने, व्यवसायीहरुको वीमा, विस्थापित र पलायन व्यवसायीहरुका लागि स्थापित राहत कोष बृद्धि गर्नेजस्ता सामूहिक समस्याहरुलाई आफूहरुको नेतृत्वले समाधान गर्ने दावी गर्दै भोट मागिरहेका छन् ।

विगतमा झैं सधैं कांग्रेस निकटका व्यवसायीहरुको पकडमा हुने उद्योग बाणिज्य संघमा यतिबेला कांग्रेसकै दुई वटा टिम बनेको छ । रावत नेतृत्वको प्यानललाई कांग्रेसको पूर्ण समर्थन छभने उप्रेती नेतृत्वमा कांग्रेसकै केही र नेकपाका केहीको समर्थन रहेको बताइन्छ । त्यतिमात्र होइन संघका पूर्व अध्यक्षहरु यसपटक दुई खेमा विभाजित भएका छन् । स्वघोषित हेवीवेट भनिएका निरक केसी, विष्णुबहादुर शाही, पदमबहादुर शाही र प्रकाश अधिकारी प्रकाश उप्रेतीको नेतृत्वलाई सघाउन पुगेका छन्भने अर्का पूर्व अध्यक्ष टेकबहादुर भण्डारी रावत नेतृत्वको पक्षमा लागेका छन् ।

सुर्खेत उद्योग बाणिज्य संघमा स्वघोषित हेवीवेटहरु भनिनेहरु पनि टेकबहादुर भण्डारीकै कृपाबाट संघको अध्यक्ष बन्न पुगेका थिए । संघमा भण्डारी नै हेवीवेटहरुका पनि महाहेवीवेट हुन भन्ने कुरा संघको प्रत्येक निर्वाचनले देखाइरहेको छ । पूर्वअध्यक्ष सूर्यबहादुर खड्काको नाम संयुक्त प्यानलले आफ्नो विज्ञप्तीमा झुड्याएपनि उनको समर्थन रावतलाई रहेको छ । स्वार्थले भरिएको संयुक्त प्यानल सवैभन्दा महत्वपूर्ण पक्ष त जतिबेला एकले अर्कालाई सिध्याउन लागिपरेका पूर्व अध्यक्ष पदमबहादुर शाही र विष्णुबहादुर शाही यतिबेला संगै कुम जोडाउन पुगेका छन् ।

पदमबहादुर शाही कांग्रेस र विष्णुबहादुर शाही तत्कालीन एमाले पक्षबाट आ–आफ्नो समूहको नेतृत्व गर्दै उत्रिँदा एकले अर्कालाई सिध्याउन लागिपरेको स्वयं भुक्तभोगी व्यापारीहरु बताउँछन् । अहिले पदम शाही र विष्णु शाहीको व्यक्तिगत स्वार्थ मिल्दा प्रकाश उप्रेतीलाई मोहरा बनाएर संयुक्त व्यवसायी प्यानल बनाइएको छ । दुई शाही पनि टेकबहादुर भण्डारीकै कारण अध्यक्ष बनेको उनीहरुले विर्सेको अन्य व्यवसायीहरु बताउँछन् । यसका साथै वर्तमान अध्यक्ष प्रकाश अधिकारी पनि दुई शाहीसंगै मिलेर स्वार्थको खोलालाई नदीको रुपमा बढाउन पुगेका छन् ।

अधिकारी संघमा निर्वाचित भएपछि संघ सवैभन्दा छिन्नभिन्न भएको सुर्खेतको व्यवसायीहरुको आरोप छ । निर्वाचनमा पराजित भएका पक्षहरुसंग वार्ताको कुनै पहल गर्न नसक्ने, सुर्खेतमा चुनाव जितेर नेपालगन्ज बसिरहने जस्ता उनका प्रवृत्तिले संघ इतिहासमै छिन्नभिन्न भएको बताइन्छ । त्यतिमात्र होइन अधिकारीकै पालामा सुर्खेत उद्योग बणिज्य संघको समानान्तर संस्था चेम्बर अफ कर्मशको जन्म भयो । यदि अधिकारीले मिलाउन सकेको भए अर्को संस्था जन्मने थिएन ।

सवै व्यवसायीहरुलाई मिलाउन नसकेका शाहीहरु र अधिकारी यतिबेला साझा बनाउँछौं भन्दै वक्तव्यबाजी गरिरहेका छन् । जसले संघलाई साझा बनाउन भन्दा एकले अर्कालाई सिध्याउन लागे उनीहरु नै अहिले साझाको नाममा अर्को प्यानल खडा गर्न लगाएका छन् । उनीहरु व्यक्तिगत स्वार्थका लागि मिलेको नाटक गरेको र उनीहरुबाट सुर्खेती व्यवसायीहरुको हकहित नहुने भन्दै धेरै व्यवसायीहरु रावतको प्यानलको पक्षमा रहेको मतदाताहरु बताउँछन् ।

निर्वाचन समितिका अनुसार शनिवार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । संघमा १८९४ मतदाता रहेका छन् । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...