News Portal

खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग

हिमाली संचार संवाददाता
८११ पटक

दिलकुमार पाख्रीन/कुवेत : हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ।

अनिच्छुक गर्भपतन गराउने क्रममा २०७३ सामाला जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मिहरुको लापरबाहीले अकालमै ज्यान गुमाएकी तलकुमारी राई र गत साउनमा करेन्ट लागेर मृत्यु भएका चन्द्र किरातको ५ छोरी २ छोराहरुलाइ गाँस बास कपास र उच्च शिक्षाका लागि उक्त आर्थिक सहयोग गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित राइले बताएका छन।

कुवेतबाट दुई संस्थाले गरेको उक्त सहयोग रकम गत सोमबार हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राइद्वारा पिडित मध्यकी जेठी दिदिलाइ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ।

आमाको मृत्यु भएको दुई बर्ष नबित्दै पिताले पनि ज्यान गुमाएपछी एकै परिवारका ७ जना टुहुरा बनेका थिए। यो बिसयमा स्थानिय तथा देश विदेशबाट विभिन्न मिडियाबाट समाचार छापिए पछि देश विदेश गरि विभिन्न ब्याक्तित्वहरु तथा संस्थाहरुले आर्थिक सहयोग गरिरहेको छ।

देश विदेशबाट सहयोग आउन थालेपछी जेठी छोरिको नाममा माछापुच्छ्रे बैंकको शाखामा खाता खोलेर जम्मा गराइरहेको छ। हालसम्म पिडित परिवारको लागि उक्त खातामा १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...