News Portal

कुवेतमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका निरकुमारका परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्चले गर्‍यो आर्थिक सहयोग

हिमाली संचार संवाददाता
१२२९ पटक

कुवेत, १७ नोभेम्बर : विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले ७६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ।

मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको एक छोरी र श्रीमती घरमा छन। मृतक राइकी छोरिको शिक्षा दिक्षाका लागि भनी संस्थाले उक्त सहयोग रकम सहयोग गरेको खोटाङ सम्पर्क मञ्च सस्थापक संरक्षक मन्जित राईले जानकारी दिए।

खोटाङ जिल्लाका सभासद हिरा गुरुङ, पुर्ब जिबिस सभापती बिष्णु कुमार राई, नेपाली कांग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठ लगायत अन्य बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा मृतक राइकि श्रीमती सरु राइलाइ हस्तान्तरण गरिएको छ।

उक्त हस्तान्तरण गरिएको रकम खोटाङ कुवेत सम्पर्क मञ्चले संस्थाका सदस्यहरुबाट संकलन गरेको हो।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...