News Portal

कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट संचालनमा आयो

हिमाली संचार संवाददाता
७८२ पटक

कुबेत, १७ नोवेम्बर : नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसोबास गर्ने ठाँउमा सुनिल गुरुङ र बिरमाया तमुस्योको संयुक्त लगानिमा स्थापना गरिएको न्यू हिमालय रेष्टुरेण्टको स्पोन्सर मेस्याल अल मुतारीले रिबन र केक काटेर हिजो साँझ उद्घाटन सम्पन्न गरिएको थियो।

उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा  बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो। भने न्यू हिमालय रेष्टुरेण्टमा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली खाना ढिंडो, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस, ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरुको सहितको सेवा उपलब्ध हुने छ ।

न्यू हिमालय रेस्टूरेण्ट लोकेशन लागि : ब्लक : १, माहाबुला स्ट्रीट : १३६ (ओमन एक्सचेंजको पछाड़ी) न्यू हिमालय रेस्टूरेण्ट,होम डेलिभरीको समेत व्यवस्था रहने छ । होम डेलिभरीको लागि फोन नम्बर 9765 4734,6766 9315 मा ईमो, वाट्स एप र भाईबर मार्फत सम्पर्क गरेर खाना अर्डर गर्न सकिने छ।

संचालक सुनिल गुरुङ र बिरमाया तमुस्योलाई तमु समाज कुबेतका अध्यक्ष, राजु गुरुङ, लगायत समाजको सल्लाहकार, सदस्य, उपस्थित सम्पूर्णले खादा दोसल्ला ओढाई बधाई तथा शुभकामना गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...