News Portal

कुवेतको महाबुलामा न्यू हिमालय रेस्टूरेण्ट संचालनमा आयो

हिमाली संचार संवाददाता
८६९ पटक

कुबेत, १७ नोवेम्बर : नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो कुवेतको महाबुलामा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली न्यू हिमालय रेस्टूरेण्ट संचालनमा भएको छ । महाबुला भन्ने बितिकै नेपालीहरुको बाहुल्यता रहेको बसोबास गर्ने ठाँउमा सुनिल गुरुङ र बिरमाया तमुस्योको संयुक्त लगानिमा स्थापना गरिएको न्यू हिमालय रेष्टुरेण्टको स्पोन्सर मेस्याल अल मुतारीले रिबन र केक काटेर हिजो साँझ उद्घाटन सम्पन्न गरिएको थियो।

उक्त रेष्टुरेण्ट उद्घाटन कार्यक्रममा  बिभिन्न व्यक्तितहरुको उपस्थिति रहेको थियो। भने न्यू हिमालय रेष्टुरेण्टमा बिभिन्न स्वादिष्ट परिकारका साथ नेपाली खाना ढिंडो, सेलरोटी, अचार, सुकुटी चिउरा, म:म, थुक्पा, चाउमिन लगायत थाली, बिर्यानी, फ्राई राईस र अन्य थुप्रै परिकारहरु र बिभिन्न प्रकारका जुस, ईन्डियन, बाङगाली, चाइनिज र पिलिपिनस आइटमहरुको सहितको सेवा उपलब्ध हुने छ ।

न्यू हिमालय रेस्टूरेण्ट लोकेशन लागि : ब्लक : १, माहाबुला स्ट्रीट : १३६ (ओमन एक्सचेंजको पछाड़ी) न्यू हिमालय रेस्टूरेण्ट,होम डेलिभरीको समेत व्यवस्था रहने छ । होम डेलिभरीको लागि फोन नम्बर 9765 4734,6766 9315 मा ईमो, वाट्स एप र भाईबर मार्फत सम्पर्क गरेर खाना अर्डर गर्न सकिने छ।

संचालक सुनिल गुरुङ र बिरमाया तमुस्योलाई तमु समाज कुबेतका अध्यक्ष, राजु गुरुङ, लगायत समाजको सल्लाहकार, सदस्य, उपस्थित सम्पूर्णले खादा दोसल्ला ओढाई बधाई तथा शुभकामना गरेका थिए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...