News Portal

नेविसंघ अध्यक्ष ढकालको रिहाइको माग राख्दै प्रधानमन्त्रीको पुत्ला दहन

हिमाली संचार संवाददाता
५८३ पटक

चन्द्र आले 
काठमाडौं : प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ ।

काठमाडौंको वाल्मिकी विद्यापीठका नेविसंघसम्वद्ध विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्रीको तस्वीर टाँसिएको पुत्ला जलाएपछि प्रहरीले उनीहरुलाई लेखेटेको थियो ।

सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले देशका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...