News Portal

पूर्वराजा ज्ञानेन्द्र शाहले मिडियाकर्मीहरुलाई के भने ! राष्ट्रपति कार्यालयको विज्ञप्ति

७३० पटक

काठमाडौ : पूर्वराजाको भाइटीकाको फोटो/भिडियो खिच्न गएका मिडियाकर्मीहरुलाई भने ज्ञानेन्द्र शाहले ‘तपाईँहरु आइदिनुभएकोमा धन्यवाद’ भने। पत्रकारहरुलाई व्यक्तिगत रुपमै ‘तपाईँ त नयाँ हुनुहुन्छ कि के हो?’ भनेरसमेत सोधे, परिचय गरे।

कस्तो उल्टो जमाना आएको। त्यतिबेलाका नेताहरु राजसी ठाँटमा उत्रिएका छन्। त्यतिबेलाका राजा भने नजिकिन खोज्दैछन्। राष्ट्रपति निवासको ढोका बन्द गरेर बसिरहेको बेला पूर्वराजा भने भाइटीका सकाएर मिडियाको माइक सामु ‘बाइट’ (प्रतिक्रिया) समेत दिइरहेका छन्।

पूर्वराजाको भाइटीका पनि त प्राइभेट सेरेमोनी नै हो नि। तर उनी आफ्नो भाइटीका मिडियामार्फत् जनतासामु पुगोस् भन्ने चाहन्छन्। पत्रकारहरुलाई आइदिएकोमा धन्यवादसमेत दिन्छन्। राष्ट्रपति कार्यालय भने साँझ ५ बजे बल्ल यस्तो विज्ञप्ति पठाउँछ :

यो गजबको अन्तर्विरोध राष्ट्रपति स्वयंले वा उनका सल्लाहकारहरुले हेरिरहेका होलान् कि नाइँ? हेरिरहेको भए लाज लाग्यो कि गर्व लागिरहेको होला? माईसंसारबाट

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...