News Portal

राजिब बिक्रम शाहको उपस्थितिमा जाजरकोटी जनसम्पर्क समिती बाँकेले गर्‍यो चियापान तथा शुभकामना आदनप्रदान

हिमाली संचार संवाददाता
११७५ पटक

कार्तिक १९, कोहलपुर : जाजरकोट देखी बसाईसराई गरी बाँके जिल्लामा बस्दै आए “राष्ट्रीयता लोकतन्त्र समाजवाद” काँग्रेसी आस्थावान जाजरकोटीहरूले नेपाली काँग्रेस जाजरकोटी जनसम्पर्क समितीले गरेको “शुभ दिपावली र छठ” को पवन अवसरमा सोमबार बाँकेको कोहलपुरमा चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ।

दिवाकर खनालको सभापतित्वमा प्रमुख अतिथी समाजसेवी तथा जाजरकोटी जनताका ढुकढुकी युवा नेता पुर्वसांसद राजिब बिक्रम शाह थिए भने बाँके जिल्ला नेपाली काँग्रेसकि सभापति किरण कोईराला बिषेश अतिथी र नेपालगंज नगरपालीकाकी उपमेयर उमा थापा र कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु चौधरी, अतिथि नेपाली काँग्रेस जाजरकोटका पुर्वसभापति सनत कुमार कार्की लगायत जाजरकोटका स्थानिय निर्वाचित पदधाकारीको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथी शाहले लोकतन्त्रको लडाईमा लामो ईतिहास बोकेको पार्टी नेपाली काँग्रेस मुलुकको एउटा ठुलो शक्ति हो यसलाई शसक्त र वलियो बनाउनको निम्ती नेपाली काँग्रेसका सम्पुर्ण भातृसंगठनहरूका जिल्ला, क्षेत्रिय, नगर र वडा तहका पदाधिकारीले निष्ठा र कर्तव्यपालन जिम्मेवारीबोध भएर लाग्नु पर्ने आजको मुल आवश्यकता भएको बताए।

शाहले कुनै पनि गुठ र उपगुठको राजनिती नगरी नेता कार्यक्रतालाई जनताको घरदैलोमा जनताको सुख दुखमा सहभागी भएर साथ दिन शसक्त रूपमा जनताप्रिय हुन आग्रह गरे।

आफुले जाजरकोटी जनताको माया आशा र भरोसा कहिले नतोड्ने र जाजरकोटमा निर्माणधिन २५ शैयाको अस्पताल पनि सुचारू हुने अन्तिम चरणमा पुगेको शाहले बताए।

कर्णाली प्रदेशका बिभिन्न जिल्ला लगायत खासगरी जाजरकोट जिल्लामा सरकारी अस्पतालमा नियुक्त डाक्टर र नर्स नभएको अवस्था निजी श्रोतको एकल प्रयासमा गर्न खोज्दा झन त्यसैमा प्रतिपक्षको भुमिका खेलेको पार्टी प्रतिनिधीले गरेको हुदा धैरै चुनैति, कष्ट र बाधा आरचण आईलागेको भए पनि निजी मेडिकल कलेज र सरकारी शिक्षण अस्पतालसंग समोन्वयका प्रक्रिया अगाडी जारी रहेको र केही महिना भित्र सुचारू हुने जानकारी दिए।

अन्तमा शाहले यस कार्यक्रम आयोजक कमिटीलाई धन्यवादको पात्र भन्दै यस्ता कार्यक्रम निकै फलदायक भएको र भोलीका दिनमा सार्थक पनि हुने बताए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...