News Portal

अब पद्मरत्न तुलाधर सम्झनामा मात्रै, नेवारी परम्पराअनुसार अन्त्येष्टि गरियो

हिमाली संचार संवाददाता
६५२ पटक

काठमाडौं– आइतबार निधन भएका पूर्व मन्त्री एवम् वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ ।

तुलाधरको काठमाडौको शोभाभगवतीमा  नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।

अन्त्यष्टिअघि लाजिम्पाटस्थित तुलाधरको निवासबाट शवयात्रा निकालिएको थियो । कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती पुर्याएर कर्णदीपमा अन्त्यष्टि गरिएको हो ।

यसअघि उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि लाजिम्पाटस्थित निवासमा राखिएको थियो । तुलाधरलाई अन्तिम श्रद्धान्जली दिन उपराष्ट्रपति ननदबहादुर पुन उनको निवासमै पुगेका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी ओलीले तुलाधरको परिवारलाई समवेदना सन्देश पठाएका थिए । त्यस्तै नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, नयाँशक्तिका डा बाबुराम भट्टराईलगायतका नेताहरुले उनीप्रति श्रद्धान्जली अपर्ण गरेका थिए ।

मस्तिष्कघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा तुलाधरको आईतबार दिउँसो निधन भएको हो ।

मानव अधिकारवादी नेताका रुपमा समेत पहिचान बनाएएका ७८ वर्षीय तुलाधर मुटु, फोक्सो र मधुमेह रोगबाट पीडित थिए । स्वर्गीय तुलाधरले तत्कालीन माओवादी विद्रोहीलाई राजनीतिक मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तत्कालीन कम्युनिष्ट पार्टीहरुको समर्थनमा जनपक्षीय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत बनेका उनी प्रखर वक्ताको रुपमा पनि परिचित थिए । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भएपछि तुलाधरले सूर्य चिन्ह लिएर चुनाव लडदै दुई पटक सांसद भएका थिए ।

उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेका थिए । स्वर्गीय तुलाधरको श्रीमति, २ छोरा, २ छोरी छन् ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...