News Portal

तमु समाज कुवेतद्वारा फेरी आर्थिक सहयोग प्रदान !

हिमाली संचार संवाददाता
९३६ पटक

कुवेत ४ नोभेम्बर – आफ्नो भाषा संस्कृति र मौलिक पहिचानको उत्थानको खातिर प्रबासी भूमी कुवेतमा २००९ स्थापना भएको तमुहरुको (गुरुङ) साझा संस्था तमु समाज कुवेतले बिभिन्न साँस्कृतिक तथा सामाजिक कार्यहरुमा समेत स्थापनादेखी नै अग्रसरता जनाउँदै आएको छ। सामाजिक एवं मानविय कार्यकै शिलशिलामा फेरी पनि तमु समाज कुवेतद्वारा नेपाली रु ७९ हजार ८९४ आर्थिक सहयोग गरेको छ।

उक्त सहयोग समाजका सदस्यहरुद्वारा सन्कलन गरी पीडित सल्लाहकार शुक बहादुर गुरुङको परिवारलाई प्रदान गरिएको हो ।

माछापुच्छ्रे गाउँ पालिका वडा नम्बर ८ नयाँ पूल, कास्की निवासी सल्लाहकार शुक बहादुर गुरुङको ७९ बर्षिया ममतामयी आमा कौशिला गुरुङलाई मिती १२ कार्तिक २०७५ सोमबार तदनुसार २९ अक्टोबर २०१८ को राती घरमा अन्य कोही नभएको मौका छोपी हत्या गरी गरगहना, धनमाल चोरेर हत्यारा फरार भएको थियो । हाल स्थानिय प्रशासनद्वारा हत्याराको खोजी कार्य भईरहेको जनाईएको छ ।

आमा कौशिला गुरुङको हत्या पश्चात भावह्यिल बनेका शोकाकुल परिवारलाई धर्य धारण गर्न शान्तवना स्वरुप एवं मृतक आमाको आत्मालाई शान्तीका साथ स्वर्गमा वास मिलोस भनी कामना गर्दै हार्दिक श्रदाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...