News Portal

आदीवासी जनजाती महासंघ कुवेतको तेश्रो अधिवेशन ३० नोवेम्बरमा हुदै

हिमाली संचार संवाददाता
६७७ पटक

सुरेश गुरुङ
नोभेम्बर ४, कुवेत : नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेश्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबारको दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्थाद्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ ।

आगमी नोभेम्बर ३० मा आयोजना हुने आफ्नो तेश्रो ऐतिहासिकलाई सब्य र भब्य गर्नको लागि कार्यक्रम संयोजक समिति तय गरेको छ जस्मा बल बहादुर काम्बाङको संयोजकत्वमा सात सदस्यीय रहेको छ जस अन्तर्गत जिम्मेवार बाड्फाड पनि गरिएको छ । कार्यक्रममा कुवेतमा सबै जनजाती संस्थाहरुलाई आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जनजाती संस्थाहरुलाई अनुरोध गरेको छ ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्धिजीवी,भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै आयोजक आदिवासी जनजाति महासंघ कुवेतले हार्दिक बिनम्र अनुरोध गरेका छन ।

कार्यक्रम सम्बन्धी थप जानकारी:-
कार्यक्रम: तेस्रो ऐतिहासिक अधिवेशन
मिति: नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
स्थान: फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...