News Portal

आदीवासी जनजाती महासंघ कुवेतको तेश्रो अधिवेशन ३० नोवेम्बरमा हुदै

हिमाली संचार संवाददाता
७८१ पटक

सुरेश गुरुङ
नोभेम्बर ४, कुवेत : नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेश्रो ऐतिहासिक अधिवेशन यही आउदो आगामी ३० नोवेम्बर २०१८ शुक्रबारको दिन हुने भएको छ । उक्त अधिबेशन महासंघमा आवद्ध ८ वटा जातीय संस्थाद्वारा आ-आफ्नो जातीय राष्ट्रिय संस्कृति झल्कने भेषभुषा सहित झाकी तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रतुती हरुको साथ सम्पन्न गर्ने भएको छ ।

आगमी नोभेम्बर ३० मा आयोजना हुने आफ्नो तेश्रो ऐतिहासिकलाई सब्य र भब्य गर्नको लागि कार्यक्रम संयोजक समिति तय गरेको छ जस्मा बल बहादुर काम्बाङको संयोजकत्वमा सात सदस्यीय रहेको छ जस अन्तर्गत जिम्मेवार बाड्फाड पनि गरिएको छ । कार्यक्रममा कुवेतमा सबै जनजाती संस्थाहरुलाई आफ्नो जातीय भेषभुषामा बाक्लो उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महासँघले सम्पूर्ण जनजाती संस्थाहरुलाई अनुरोध गरेको छ ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्धिजीवी,भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक निमन्त्रणा गदै चुले निम्तो दिदै आयोजक आदिवासी जनजाति महासंघ कुवेतले हार्दिक बिनम्र अनुरोध गरेका छन ।

कार्यक्रम सम्बन्धी थप जानकारी:-
कार्यक्रम: तेस्रो ऐतिहासिक अधिवेशन
मिति: नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
स्थान: फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक: आदिवासी जनजाति महासंघ कुवेत।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...