News Portal

सरकार पूर्णरुपमा असफल भएको नयाँ शक्तिको निश्कर्ष, सरकारविरुद्ध सडक संघर्ष गर्ने

हिमाली संचार संवाददाता
५७७ पटक

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको बताएका छन । नयाँ शक्ति पाटी नेपालले शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको १५ औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णरुपमा असफल भएको निश्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।

निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गर्नुपरेको पार्टीका संयोजक डा. भट्टराईले बताए ।

बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनसर्ंरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिए ।

नयाँ शक्ति पार्टी, नेपालले बुढिगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने लगायतका विषयमा सरकारलाई दवाव दिन माग १५ गतेदेखि फागुन १५ गतेसम्म राष्ट्रव्यापी जागरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ । राष्ट्र र जनताको पक्षमा जनमत सृजना गर्न सो जागरण अभियान संचालन गर्न लागिएको पनि संयोजक भट्टराईले बताए ।

यसैबीच, नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्दै निर्मला पन्तको हत्यारालाई अभिलम्ब पक्राउ गरी कडा कार्वाही गर्न पनि सरकारलाई पुनः दवाव दिएको छ ।

प्रतिकृया दिनुहोस्

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...