News Portal

कुबेतमा अंग्रेजी नयाँवर्ष २०१९ चर्चित गायक खुमन अधिकारीले धमका मच्चाउने

हिमाली संचार संवाददाता
७४९ पटक

नोभेम्बर २, कुवेत : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिखमा हुने बृहत सांगीतिक कार्यक्रममा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा श्रोताहरुको मन जितन सफल चर्चित गायक खुमन अधिकारी साथमा मनाउने भएको छ ।

“मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले कुवेतमा अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम भब्य रुपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाका अध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए । कार्यक्रममा अतिथि कलाकारले धमाका मच्चाउने छन् भने स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

संस्थाका अध्यक्ष डोलराज न्यौपानेले बिगतका दिनहरुमा जस्तै यसपकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन।

तपशिल
मिति:- जनवरी ४ तारिख शुक्रबार २०१९

स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)

समय:- बिहान ठिक ११ बजे

आयोजक :-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...