News Portal

कटुता त्यागेर देश विकासमा लाग्नुपर्छ : डा. कोइराला

हिमाली संचार संवाददाता
६३९ पटक

विराटनगर -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिक प्रतिस्पर्धा चुनावका समयमा मात्र हुने बताउँदै कटुता त्यागेर देश विकास नै मुख्य प्राथमिकता हुनु पर्छ भने ।

उनले सङ्घीयता कार्यान्वयन नगर्ने र यसलाई असफल बनाउने खेल विभिन्न शक्तिकेन्द्रबाट शुरु भएको धारणा राख्दै सुशासनका लागि दण्डहीनताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस मोरङद्वारा आज यहाँ आयोजित दशैँतिहार छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकले आर्थिक समृद्धि हासिल गरेमा मात्र नेपाली जनता सुखी हुने बताए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा. डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थिरता भएको अहिलेको अवस्थामा आर्थिक समृद्धि कायम गर्नु पर्ने विचार व्यक्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले राजनीतिक आन्दोलनको अध्याय समाप्त भएको बताउँदै अब मुलुकको आर्थिक समुन्नति नै देश विकासको आधारशीला बन्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...