News Portal

तत्कालीन एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले कुटे प्रहरी

६२२ पटक

राधाकृष्ण डुम्रे
स्याङ्जा : स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ ।

हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते हुनु भएको छ । क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा विवाद उत्पन्न भएको थियो । त्यो विवादलाई रोक्न नसकेको भन्दै प्रहरीमाथि आक्रमण भएको हो ।

घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिनुभयो । उहाँले दुई पक्षको बीचमा विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै ठेलमठेल भएको बताउनुभयो । प्रहरी प्रमुख सापकोटाले गाउँपालिका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको जानकारी दिनुभयो ।

घाइतेको मेडिकल रिपोर्ट तथा घटनाबारे सबै विवरण पेस गर्न प्रहरीलाई निर्देशन दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख स्थानीय सरकार प्रमुखसमेत भएका भन्दै कानुन हातमा लिने काम कोही कसैबाट हुन नहुने स्पष्ट पार्नुभयो । उहाँले कानुन हातमा लिइएको पाइएमा कारबाही हुने स्पष्ट पार्नुभयो ।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि एक झापड हानेको स्वीकार गर्नुभएको छ । उहाँले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाउनुभयो ।

उहाँले दार्सिङका युवाहरुले हातहतियारसहित आक्रमण गर्दा प्रहरी रमिते बनेको वताउनुभयो । उहाँले आफ्ना माइला दाजु सोमनारायण मानन्धरमाथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज,कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिनुभयो ।

मानन्धर तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे। उज्यालोबाट

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...