News Portal

तत्कालीन एमालेबाट निर्वाचित गाउँपालिकाका अध्यक्षले कुटे प्रहरी

७०९ पटक

राधाकृष्ण डुम्रे
स्याङ्जा : स्याङजाको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गर्नु भएको छ ।

हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते हुनु भएको छ । क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा विवाद उत्पन्न भएको थियो । त्यो विवादलाई रोक्न नसकेको भन्दै प्रहरीमाथि आक्रमण भएको हो ।

घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिनुभयो । उहाँले दुई पक्षको बीचमा विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै ठेलमठेल भएको बताउनुभयो । प्रहरी प्रमुख सापकोटाले गाउँपालिका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको जानकारी दिनुभयो ।

घाइतेको मेडिकल रिपोर्ट तथा घटनाबारे सबै विवरण पेस गर्न प्रहरीलाई निर्देशन दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख स्थानीय सरकार प्रमुखसमेत भएका भन्दै कानुन हातमा लिने काम कोही कसैबाट हुन नहुने स्पष्ट पार्नुभयो । उहाँले कानुन हातमा लिइएको पाइएमा कारबाही हुने स्पष्ट पार्नुभयो ।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि एक झापड हानेको स्वीकार गर्नुभएको छ । उहाँले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाउनुभयो ।

उहाँले दार्सिङका युवाहरुले हातहतियारसहित आक्रमण गर्दा प्रहरी रमिते बनेको वताउनुभयो । उहाँले आफ्ना माइला दाजु सोमनारायण मानन्धरमाथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज,कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिनुभयो ।

मानन्धर तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे। उज्यालोबाट

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...