News Portal

प्रदेश २ को सरकारप्रति जनाए प्रचण्ड असन्तुष्टि !

७२९ पटक

जनकपुर : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रहरी विधेयक पेस गरेको प्रदेश नम्बर २ को सरकारप्रति असन्तुष्टि प्रकट गर्दै दुर्घटना हुने चेतावनी दिएका छन्।

सरकारको नेतृत्व गरेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष समेत रहेका प्रचण्डले प्रदेश २ का मुख्यमन्त्रीकै सामुन्ने दुर्घटना जोखिम औंल्याएका हुन्।

जनकपुरमा आयोजित कार्यक्रममा प्रचण्डले त्यो कुरा प्रदेश २ को सरकारले प्रदेश प्रहरी गठनको निम्ति अघि बढाएको कानुन निर्माण प्रक्रियाको प्रसंगमा निकालेका थिए।

‘ओभरटेक’

संविधानमा आवश्यकता अनुसार प्रदेश सरकारले त्यसो गर्न सक्ने व्यवस्था छ।

तर केन्द्र सरकारले बनाउने संघीय प्रहरी ऐनले त्यसको बाटो खुला गर्ने बताइन्छ।

मौलिक हक सम्बन्धी ऐनहरू बनाउनु पर्ने बाध्यताले गर्दा संघीय कानुन बनाउन केही ढिलाइ भएको प्रचण्डले स्वीकार गरे।

उनले भने, “तर केही ढिलाइ भयो भन्दैमा संघीय गणतन्त्रको संविधान बनाउने र समानुपातिक एवम् समावेशी मान्यता स्थापित गर्न अगाडि बढेको नेतृत्वलाई उछिन्न खोज्दा गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु, तपाईंले ‘ओभरटेक’ गर्न थाल्नु भयो भने दुर्घटना हुन्छ, दुर्घटना ननिम्त्याउँ।”

उनले दुर्घटनाबारे प्रष्ट चर्चा गरेनन्। तर उनको अभिव्यक्तिबाट सङ्घीयता लगायतका उपलब्धि गुम्ने जोखिमतर्फ उनको सङ्केत रहेको प्रष्ट बुझिन्थ्यो।

मुर्खता

प्रदेश निकम्मा र सङ्घीयता असफल भइदिए हुन्थ्यो भन्ने मान्यता राख्ने मान्छेहरू रहेको उनले आफ्नो बुझाइ सुनाए।

त्यही सिलसिलामा प्रचण्डले भने, “हामीले भने जस्तो अझै भएको छैन तर हामी अगाडि बढ्छौं। तर दुर्घटना हुने गरी अगाडि नबढौं, आफूले पाइसकेको अधिकार गुम्ने गरी अगाडि बढियो भने बुद्धिमानी हुँदैन त्यो मुर्खता हुन्छ।”

त्यति भनेका प्रचण्डले प्रदेशको मागप्रति आफू गम्भीर र संवेदनशील रहेको भन्दै प्रदेश सरकारलाई आश्वस्त पार्ने प्रयास समेत गरे।

उनले स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा उत्पन्न हुने असन्तुष्टि सङ्घीयताजस्ता परिवर्तन उल्ट्याउने कारक बन्न सक्ने चिन्ता केही महिनाअघि व्यक्त गरेका थिए। बिबिसी

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...