News Portal

हङकङ र मकाउका किरात राई समुदायले मनाए उभौली साकेला चाड (फोटो फिचर)

हिमालीसंचार संवाददाता
५६४ पटक

युवा राई/हङकङ – विश्वका किरात राई समुदायले उधौली र उभौली साकेला चाड धुमधामसंग मनाउदै आएका छन्। नेपाल भन्दा बाहिर कोरोना महामारीको कारणले सार्वजनिक स्थलहरुमा स्थानीय सरकारले लगाएका प्रतिबन्धका कारणले निश्चित संख्यामा बाहेक भेला हुन प्रतिबन्धित गरिएका कारण यो बर्षको साकेला चाड पनी इनडोर मनाएका छन् ।

हङकङमा निश्चित सामाजिकदूरी कायम गर्ने स्थानीय सरकारको नियम यथावत रहेका कारण सामुहिक चुल्हाघरमा मुन्धुम अनुसार पुजागरी उभौली साकेला चाड सम्पन्न गरेको छ। यधपी हङकङमा ढोल झ्याम्टा बजाउदै धुमधामसँग साकेला उभौली चाड मनाइएका छन् । 

त्यस्तै, मकाउमा पनी किरात राई यायोक्खा मकाउको आयोजनमा हिमालयन हाउस ताईपा मकाउमा भुम्या पुजा गरेर येलेदोङ ५०८२ औं उभौली साकेला चाड मनाएको किरात राई यायोक्खा मकाउका उपाध्यक्ष केशव राई (थुलुङ) ले हिमालीसंचारडटकमसंग बताए। 

किरात राई यायोक्खा मकाउका उपाध्यक्ष राईका अनुसार मकाउस्थित हाक्सा बिच साकेला पार्क मकाउमा आयोजना गर्ने भनिएको कार्यक्रम प्रतिकुल मौसमका कारण आकस्मिक रुपमा ताईपास्थित हिमालयन हाउस ताईपा मकाउमा कार्यक्रम स्थानान्तर गर्नु परेको बताए। मकाउभरका किरात समुदायका दाजुभाइ-दिदिबहिनीहरुको तथा नेपाली समुदायका उपस्थितिले कार्यक्रम सफल भएको जानकारी दिए। 

किराया मकाउले महासचिव सन्जिब कोयी राई आकस्मिक अस्वस्थ्या भइ नेपाल गएका समयमा किरात राई यायोक्खा मकाउको अनुरोधमा मकाउमा संगठीत विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व लगायद आर्थिक सहयोग गर्नु हुने सहयोगी महानुभावहरुका लागि विशेष धन्यबाद सहित प्रमाण-पत्र प्रदान समेत गरिएको उपाध्यक्ष राईले बताए। मकाउमा फोटोपत्रकार डन मगरले फोटो तथा भिडियोग्राफी लिएका थिए।  

नेपालमा किरात समुदायले समय सधै प्रतिकुल भइरहोस्, अन्नवाली सप्रियोस, अनिकाल नलागोस् सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला शीली नाचेर नयाँ अन्नबाली लगाउने प्रचलन रहेको छ ।त्यस्तै, किरात समुदायले आज एक दिन खनजोत बन्द गरेर अन्नबाली उब्जनी दिने (भूमि) धर्तीलाई पुज्ने यो चाडलाई विशेष रुपमा किराती समुदायले बर्षमा दुईपटक साकेला उधौली र साकेला उभौली मान्दै आएका छन्।

नेपालमा बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा बजाएर करिब १५ दिनसम्म धुमधामसँग साकेला चाड मनाउने चलन रहेको छ।  तर, नेपाल भन्दा बाहिर विदेशहरुमा यहि समयबधिमा विभिन्न कार्यक्रमको आयोजना गरी साकेला चाड मनाउने प्रचलन रहेको छ। विशेष गरी अमेरिका, बेलायत, रङकङ, मकाउ, कतार, दुबइ, बहराइन, इजरायल, क्यानाडा, र कुबेत लगायदका देशहरुमा आफ्नो संस्कृति, परम्परा र पहिचानका लागि एकजुट हुने चलन रहेको छ। 

तस्वीर युवा राई हङकङ

तस्वीर डन मगर मकाउ

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...