News Portal

हङकङ र मकाउका किरात राई समुदायले मनाए उभौली साकेला चाड (फोटो फिचर)

हिमालीसंचार संवाददाता
६२६ पटक

युवा राई/हङकङ – विश्वका किरात राई समुदायले उधौली र उभौली साकेला चाड धुमधामसंग मनाउदै आएका छन्। नेपाल भन्दा बाहिर कोरोना महामारीको कारणले सार्वजनिक स्थलहरुमा स्थानीय सरकारले लगाएका प्रतिबन्धका कारणले निश्चित संख्यामा बाहेक भेला हुन प्रतिबन्धित गरिएका कारण यो बर्षको साकेला चाड पनी इनडोर मनाएका छन् ।

हङकङमा निश्चित सामाजिकदूरी कायम गर्ने स्थानीय सरकारको नियम यथावत रहेका कारण सामुहिक चुल्हाघरमा मुन्धुम अनुसार पुजागरी उभौली साकेला चाड सम्पन्न गरेको छ। यधपी हङकङमा ढोल झ्याम्टा बजाउदै धुमधामसँग साकेला उभौली चाड मनाइएका छन् । 

त्यस्तै, मकाउमा पनी किरात राई यायोक्खा मकाउको आयोजनमा हिमालयन हाउस ताईपा मकाउमा भुम्या पुजा गरेर येलेदोङ ५०८२ औं उभौली साकेला चाड मनाएको किरात राई यायोक्खा मकाउका उपाध्यक्ष केशव राई (थुलुङ) ले हिमालीसंचारडटकमसंग बताए। 

किरात राई यायोक्खा मकाउका उपाध्यक्ष राईका अनुसार मकाउस्थित हाक्सा बिच साकेला पार्क मकाउमा आयोजना गर्ने भनिएको कार्यक्रम प्रतिकुल मौसमका कारण आकस्मिक रुपमा ताईपास्थित हिमालयन हाउस ताईपा मकाउमा कार्यक्रम स्थानान्तर गर्नु परेको बताए। मकाउभरका किरात समुदायका दाजुभाइ-दिदिबहिनीहरुको तथा नेपाली समुदायका उपस्थितिले कार्यक्रम सफल भएको जानकारी दिए। 

किराया मकाउले महासचिव सन्जिब कोयी राई आकस्मिक अस्वस्थ्या भइ नेपाल गएका समयमा किरात राई यायोक्खा मकाउको अनुरोधमा मकाउमा संगठीत विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व लगायद आर्थिक सहयोग गर्नु हुने सहयोगी महानुभावहरुका लागि विशेष धन्यबाद सहित प्रमाण-पत्र प्रदान समेत गरिएको उपाध्यक्ष राईले बताए। मकाउमा फोटोपत्रकार डन मगरले फोटो तथा भिडियोग्राफी लिएका थिए।  

नेपालमा किरात समुदायले समय सधै प्रतिकुल भइरहोस्, अन्नवाली सप्रियोस, अनिकाल नलागोस् सबै जीव प्राणीहरुमा सुख शान्ति छाओस् भन्दै सिमेभुमे पूजा गरी साकेला शीली नाचेर नयाँ अन्नबाली लगाउने प्रचलन रहेको छ ।त्यस्तै, किरात समुदायले आज एक दिन खनजोत बन्द गरेर अन्नबाली उब्जनी दिने (भूमि) धर्तीलाई पुज्ने यो चाडलाई विशेष रुपमा किराती समुदायले बर्षमा दुईपटक साकेला उधौली र साकेला उभौली मान्दै आएका छन्।

नेपालमा बैशाखे पुर्णिमाको दिनदेखि विधिवतरुपमा ढोल झ्याम्टा बजाएर करिब १५ दिनसम्म धुमधामसँग साकेला चाड मनाउने चलन रहेको छ।  तर, नेपाल भन्दा बाहिर विदेशहरुमा यहि समयबधिमा विभिन्न कार्यक्रमको आयोजना गरी साकेला चाड मनाउने प्रचलन रहेको छ। विशेष गरी अमेरिका, बेलायत, रङकङ, मकाउ, कतार, दुबइ, बहराइन, इजरायल, क्यानाडा, र कुबेत लगायदका देशहरुमा आफ्नो संस्कृति, परम्परा र पहिचानका लागि एकजुट हुने चलन रहेको छ। 

तस्वीर युवा राई हङकङ

तस्वीर डन मगर मकाउ

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...