News Portal

स्थानीय तहको पुरै परिणाम सार्वजनिक नहुदै सत्ता गठबन्धनमा सकस

हिमालीसंचार संवाददाता
३४५ पटक

काठमाडौं – स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप प्रत्यारोप सुरु भएको हो।

काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता-कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर्ताले काँग्रेसबाहेक कम्युनिष्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन् । नेकपा माओवादी र नेकपा एसले स्थानीय चुनावमा काङ्ग्रेसबाट पर्याप्त सहयोग नभएको गुनासो गरिरहेका बेला काँग्रेसका नेताहरूबाटै यस्तो धारणा आएको हो। 

स्थानीय तहको निर्वाचनको पुरै परिणाम सार्वजनिक नहुँदै जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले गठबन्धनमा रहेका अन्य दलबाट आफूलाई धोका भएको निष्कर्ष निकालिसकेका छन्। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिकृया दिनुहोस्

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...