News Portal

धरान अपडेटः स्वतन्त्र मेयर पदको उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै

३०४५९ मत गणना हुदा १४० मतको अग्रता

हिमालीसंचार संवाददाता
३५४३ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको मतपरिणाम सार्वजनिक हुदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ८८१८ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

निर्वाचन आयोगको कार्यालयले अहिलेसम्म ३०४५९ मत गणनाको मतपरिणाम सार्वजनिक गरेको हो । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ७०६६ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट उपमेयर पदको उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् । धरानको वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भएको छ । अहिले वडा नं. ८, ११ र १२ को मतगणना भइरहेको छ भने धरान वडा नं २० को मतगणना स्थगित गरिएको छ । 

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...