News Portal

धरान अपडेटः धरानको वडा नं. १० मा हर्क साम्पाङले पाए “पपुलर मत”

हिमालीसंचार संवाददाता
११२९७ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १० को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक हुदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लोकप्रिय मत प्राप्त गरेका छन् ।

धरान वडा १० को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा उनले सबैभन्दा बढी १२१ मत प्राप्त गरेका छन् । मेयर पदमा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७ मत प्राप्त गरिन् भने गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ६६ मत प्राप्त गरेका छन् । 

यस्तै, उपमेयरमा एमालेका उम्मेदवार पदम इस्वोले ९५ मत प्राप्त गरेका छन्। यता  गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ८९ मत प्राप्त गरेका छन् । 

यता वडाअध्यक्षमा भने एमालेका वडाध्यक्ष पदका उम्मेदवार विवेक राई अगाडि रहेका छन् । उनले १४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका वडाअध्यक्षकी उम्मेदवार रुपा राईले १०१ मत प्राप्त गरेकी छिन् । जम्मा १८७५ मत खसेकोमा अहिलेसम्म ३ सय मत गणनाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको हो। 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...