News Portal

धरानको तेस्रो अपडेटः गठबन्धनले लियो अग्रता

हिमालीसंचार संवाददाता
४३१० पटक

धरान – धरान उपमहानगरपालिका धरानमा जारी मतगणनाको तेस्रो नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ।

धरानको वडा नं १, २ र ३ को क्रमागत प्रारम्भिक नतिजा सय सयका दरले मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार तेस्रो सार्वजनिक नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ११६ मत ल्याई अग्रता लिएका छन् । उनलाई स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले ७६ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ५३ मत प्राप्त गरेकी छिन् ।

उपमेयर पद गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १२५ मत ल्याएर अग्रता लिएका छन् भने एमाले उपमेयर पदका उम्मेदवार पदम इस्वो लिम्बुले ६७ मत ल्याएका छन् । उपमेयरमा अर्का स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुले १८ मत ल्याएका छन् । 

धरानको २० वटा वडामध्ये अहिले वडा नं १, २ र ३ को मतगणना भइरहेको छ । धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ जना मध्ये ६२ हजार ८ सय ९७ जनाले मतदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...