News Portal

धरानको तेस्रो अपडेटः गठबन्धनले लियो अग्रता

हिमालीसंचार संवाददाता
४४३४ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा जारी मतगणनाको तेस्रो नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ।

धरानको वडा नं १, २ र ३ को क्रमागत प्रारम्भिक नतिजा सय सयका दरले मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार तेस्रो सार्वजनिक नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार किशोर राईले ११६ मत ल्याई अग्रता लिएका छन् । उनलाई स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले ७६ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ५३ मत प्राप्त गरेकी छिन् ।

उपमेयर पद गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले १२५ मत ल्याएर अग्रता लिएका छन् भने एमाले उपमेयर पदका उम्मेदवार पदम इस्वो लिम्बुले ६७ मत ल्याएका छन् । उपमेयरमा अर्का स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुले १८ मत ल्याएका छन् । 

धरानको २० वटा वडामध्ये अहिले वडा नं १, २ र ३ को मतगणना भइरहेको छ । धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ जना मध्ये ६२ हजार ८ सय ९७ जनाले मतदान गरेका थिए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...