News Portal

अच्युतकृष्ण खरेलले मेरो चरित्र हत्या गरे : बामदेव गौतम

हिमाली संचार संवाददाता
६६७ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत र२० लाखको आफूले प्रस्ताव पठाउँदा अस्वीकार गरेको भन्ने जस्ता झूटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए । ‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर  २० लाख रुपैयाँ प्रस्ताव गरेँ ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ?  त्यो  खरेलले पुष्टि गर्नुपर्दछ’ उनले भने, ‘आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’

खरेलले आइजिपीबाट हटाइएको बदला आत्मकथामार्फत सार्वजनिक गरेको उनको जिकिर छ । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको भन्दै गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाइएको बताए ।

‘मलाई खरेललाई हटाउने चाहना थिएन । म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो, उनले भने, ‘तर खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन । अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।’

खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनले जिकिर छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...