News Portal

नेतासँग योजना, भोक र सपना हुनुपर्छ, सपना पूरा गर्ने त्याग र क्षमता हुनुपर्छः खुसाङ राई

हिमालीसंचार संवाददाता
२८५ पटक

असिम राई देशकै आशा लाग्दा युवा नेतृत्व हुन् । २०७४ सालको स्थानीय चुनावमा जनताले अत्यधिक मत दिएर राईलाई जिताए। उनले आफ्नो गाउँपालिकाको नाम “थुलुङ दुधकोशी” नामकरण गर्न सफल भए । आफ्नो आदिम भुमिमै शताब्दीयौं देखि विभेदकारी र एकल जातिवादी राज्यसत्ताले सोझा र इमानदार थुलुङ राईहरूलाई गुमनाम बनाएको थियो ।

असिम राईले कुशलतापूर्वक थुलुङ राईहरूको पहिचान स्थापित गरे । उनले ढलेको शीर उठाए । चोमोलुङझैं स्वाभिमान ठड्याई दिए। अहिले विश्वभरका थुलुङ राईहरू र न्यायका हिमायती जनताले गर्व गर्छन् । असिम राईको ठाउँमा अरु कोही जितेको भए यति महत्वपूर्ण र ऐतिहासिक काम कदापि हुने थिएन । 

प्रमुखज्यु! पालिकाको साथ र सहयोगमा थुलुङ राई भाषा र संस्कृतिको सवालमा इतिहासमैं प्रथमपटक युगान्तरकारी काम भएका छन् । न्याय र समानताका शुन्दरतम बाटाहरू खनिएका छन् । यही बाटैबाटो हिँडेर हाम्रा नानीहरू भोली न्याय र समानताको सुन्दर युगमा प्रवेश गर्ने छन् । यदि असिम राई नभएको भए यी तमाम कामहरू पनि सम्भव हुने थिएन । जिल्लामै नमुना दुधकोशी सामुदायिक अस्पताल बन्ने थिएन । प्राविधिक शिक्षालयहरू खोलिने थिएनन् । 

“जित्नु र जिताउनु ठूलो कुरो हैन । जितेर काम गर्नु चाहिँ ठूलो कुरा हो । जो असिम राईले गरेर देखाए । नेतासँग योजना हुनुपर्छ । भोक हुनुपर्छ । सपना हुनुपर्छ । सपना पूरा गर्ने त्याग र क्षमता हुनुपर्छ । जुन क्षमता असिम राईज्युसँग पुरापुर छ।”

वहाँ जस्तो नेतृत्व पाउनु थुलुङ दुधकोशीका जनताको शौभाग्य हो । प्रमुखज्यूले आफ्नो कमिट्मेन्ट ५ वर्षमा पूरा गरेर देखाए । जनताप्रतिको दायित्व, जिम्मेवारी र कर्तव्य पूरा गरेर देखाए । 

अब आफ्नो दायित्व पूरा गर्ने जिम्मेवारी जनताको हो । कर्तव्य पुरा गर्ने पालो जनताको हो । यही वैशाख ३० गते आफूलाई प्राप्त जिम्मेवारी थुलुङ दुधकोशीवासी महान जनताले बुद्दिमतापूर्ण ढंगले जिम्मेवारी पूरा गर्ने छन् र नयाँ युगको शंखघोष गर्नेछन् । महान जनतालाई अग्रीम शुभकामना । प्रीय नेतालाई नाम जस्तै अन्तरआत्मादेखी असिम बधाई!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...