News Portal

विदेशबाट फर्केर गाईपालनबाट मनग्य आम्दानी

हिमालीसंचार संवाददाता
६३६ पटक

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो। विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो।

पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ। उहाँको आफ्नै गाईफार्म छ। केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ। गाईलाई दाना–घाँस खुवाउनुहुन्छ।

साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ। १२ वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ। आम्दानी पनि उत्तिकै छ।

केसी रोजगारकै सिलसिलामा ३ वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र ३ वर्ष साउदी अरबमा बस्नुभयो। “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उहाँले भन्नुभयो।

केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो। उहाँले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ। “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उहाँले भन्नुभयो, “अब विदेश जाने सोचै छैन।”

केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ। सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउनुहुन्छ। घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ।

केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो। अहिलेसम्म उहाँले उक्त संस्थाबाट पाँच लाखसम्म ऋण लिइसक्नुभएको छ। हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन्। त्यही दूध नै उहाँको आम्दानीको स्रोत हो।

दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ। केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ। व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उहाँले त्यो लगानी उठाइसक्नुभएको छ। लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताउनुभयो।

उहाँले १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ। दूध बिक्री गर्न बजारीकरणको समस्या छैन। “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भन्नुभयो। उहाँले चितवनबाट एउटा गाई ८० हजारमा खरिद गरेर ल्याउनुभएको हो।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...