News Portal

विदेशबाट फर्केर गाईपालनबाट मनग्य आम्दानी

हिमालीसंचार संवाददाता
५६० पटक

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो। विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो।

पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ। उहाँको आफ्नै गाईफार्म छ। केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ। गाईलाई दाना–घाँस खुवाउनुहुन्छ।

साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ। १२ वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ। आम्दानी पनि उत्तिकै छ।

केसी रोजगारकै सिलसिलामा ३ वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र ३ वर्ष साउदी अरबमा बस्नुभयो। “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उहाँले भन्नुभयो।

केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो। उहाँले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ। “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उहाँले भन्नुभयो, “अब विदेश जाने सोचै छैन।”

केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ। सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउनुहुन्छ। घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ।

केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो। अहिलेसम्म उहाँले उक्त संस्थाबाट पाँच लाखसम्म ऋण लिइसक्नुभएको छ। हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन्। त्यही दूध नै उहाँको आम्दानीको स्रोत हो।

दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ। केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ। व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उहाँले त्यो लगानी उठाइसक्नुभएको छ। लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताउनुभयो।

उहाँले १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ। दूध बिक्री गर्न बजारीकरणको समस्या छैन। “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भन्नुभयो। उहाँले चितवनबाट एउटा गाई ८० हजारमा खरिद गरेर ल्याउनुभएको हो।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...