सुमित्रा बुढा मगरको गीत “टिकटक र फेसबूक”मा भेलु बाजे बिल्कुलै थप चर्चामा (भिडियो सहित)

काठमाण्डौं। सर्जक तथा गायिका सुमित्रा बुढा मगरको बिल्कुलै नयाँ गीत “टिकटक र फेसबूकले” बोलको म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ।
उक्त गीतमा गायक अमर रोका मगरले उनलाई स्वरमा साथ दिएका छन भने, लय तथा शब्द संकलन स्वयंम गायिका सुमित्राको रहेको छ। गीतको भिडियोमा सामाजिक संजाल फेसबूक र टिकटकमा अहिलेका भाइरल भेलु बाजे भनेर परिचित मीन बहादुर बुढा लगायत अन्य कलाकारहरुलाई देख्न सकिन्छ।

बिशाल नाथ योगीको सम्पादन तथा कृष्ण बिसी र नरेश चैसिरको छायाँकनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियो गायिका सुमित्रा बुढा अफिसियल यूटूब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
हेर्नुहोस् “टिकटक र फेसबूकले” गीतको म्युजिक भिडियो:-

















