News Portal

स्वतन्त्र मधेसको वकालत गर्दै आएका सीके राउत रौतहटबाट पक्राउ

हिमाली संचार संवाददाता
७०६ पटक

गौतम श्रेष्ठ
स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत रौतहटबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) केदार ढकालले बताए ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अदालतमा राउत करिब १ सय समर्थक सहित उपस्थित भएका थिए । उनीहरुले सीके राउतको पक्राउको विरोधमा प्रदर्शन गरेका छन् ।

राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

४ वर्षे छोरीलाई जुलुसमा प्रयोग

रौतहट अदालतमा पेशीका लागि जाँदा सिके राउत ४ वर्षकी छोरी बोकेर जुलुस सहित गएका थिए । प्रहरीले उनलाई गिरफ्तार गरेपछि राउतले छोरी बिरामी भएकाले आफूलाई जनकपुर लैजान प्रहरीसँग आग्रह गरेका छन् ।

छोरी र आफू विरामी रहेको र औषधिसमेत छुटेको राउतले बताएका उनको टि्वटर ह्याडिलमा उल्लेख छ ।

बिरामी भनिएकी छोरीलाई बोकेर उनी जुलुसहित अदालत पुगेका थिए ।

सिके राउत गिरफ्तार भए पनि उनको टि्वटर भने नियमित अपडेट भइरहेको छ । प्रहरीले ४ वर्षकी बिरामी बालिकालाई समेत गिरफ्तार गरेको भन्दै राउतका कार्यकर्ताले प्रचारबाजी थालेका छन् ।

तर, राउतबाट जुलुसमा यसरी अवोध वालिकाको प्रयोग किन गरिएको थियो भन्ने खुलेको छैन । उनलाई मानव ढालको रुपमा प्रयोग गर्न खोजिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...