News Portal

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५२९ पटक

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै मेयर दाहालको चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको लागि दाहाल पुनः मेयर उम्मेदवार दिने भएको हो । सार्वजनिक गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख  गरिएको छ ।

भरतपुर महानगरमा विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ । सार्वजनिक गीतको म्युजिक भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशाला लगायत स्थानमा छायाँकन गरिएको हो । 

सार्वजनिक भिडियोमा मेयर दाहाललाई समेत देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् ।

नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका म्युजिक भिडियोको शब्द रचना चर्चित युटुवर सन्तोष देउजाको रहेको गीतमा विष्णु खत्री र टिका पुनले संयुक्त आवाज दिएको गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

गीत यहाँ सुन्नुस् 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...