News Portal

यो सुनकाण्ड कहाँ पुग्यो ? सिण्डिकेटको चर्चा सेलायो : प्रदीप पौडेल

९६९ पटक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचन मार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

शनिबार नेपाली कांग्रेस धनकुटा-काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने मुख्य चूनौति रहेको बताए । उनले भने,‘आन्तरिक लोकतन्त्र सुदृढ गर्नु अहिलेको चूनौति हो । त्यसैले हामीले अब सबै पदाधिकारी, केन्द्रिय समितिलगायतमा प्रत्यक्ष निर्वाचित प्रणाली स्थापित गर्नुपर्छ ।’

नेता पौडेलले पार्टीभित्र यतिवेला अनुशासन उल्लंघन भइरहेकोले अनुशासन कायम गर्नको लागि पनि शक्तिशाली अनुशासन आयोग गठन गर्नुपर्ने पनि धारणा अघि सारे । उनले थपे,‘शक्तिशाली आयोग बनाउनुपर्छ, र यसले सबैलाई अनुशासनको दायरामा राख्छ ।
सभापतिलाई समेत अनुशासनभित्र राख्न सक्नुपर्छ ।’ अब सभापतिले टिका लगाएर कोहीपनि नियुक्त गर्न नहुने उनको भनाई छ ।
पार्टीभित्र बसेर गलत गर्ने र अनुशासन नमान्नेहरुलाई कारबाही गर्न सक्ने मान्छे मात्रै अनुशासन समितिको नेतृत्वमा बस्नुपर्ने उनको भनाई छ । पार्टीलाई आगामी दिनमा कसरी अघि बढाउने भन्नेबारेमा आफूहरुले यतिवेला छलफलमै रहेको पौडेलले सुनाए । उनले भने,‘पार्टीको सबै विद्यानहरुलाई हुबहु लागु गर्न नसक्नु पार्टी नेतृत्वको कमजोरी हो । अब पार्टीको विधान नवौंपटक संशोधन हुँदैछ । यसमा कुनै विमति छैन ।’

फरक प्रसंगमा उनले सत्तारुढ दल नेकपा र यसका नेताहरु अहिले पतनको बाटोमा अग्रसर रहेको आरोप लगाए । उनले भने,‘अहिले सत्तारुढ दल नेकपाका नेताहरु पतनको बाटोमा छन् । सरकारले अहिलेसम्म एउटापनि राम्रो काम गर्न सकेको छैन ।

प्रधानमन्त्री डा.ओलीले चुनावमा घोषणा गरेका प्रतिबद्धताबमोजिम कुनैपनि काम गर्न सक्नुभएन ।’ प्रधानमन्त्री डा.ओलीले अहिलेसम्म सम्झनलायक एउटापनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । उनले भने,‘मेलम्ची खानेपानी परियोजना पनि हाम्रै पालामा भएको हो ।

नारायणघाट–मुग्लिन सडक खण्डको स्तरोन्नती हाम्रै पालामा भएको हो । यो सरकारले के नयाँ काम गरेको छ र ?’
वर्तमान सरकारले चीन र भारतबाट रेल ल्याउने भनेर चर्चामात्रै गरेको सुनाउँदै उनले भने,‘भाषण गरेरमात्रै रेल आउँदैन् । रेल ल्याउने प्राविधिक पक्ष, लागतलगायत अन्य विषयमा कुनैपनि छलफल तथा अध्ययन भएको छैन् ।’ सरकारले बिना टेण्डर र बिना सूचना बुढीगण्डकी जलविद्युत परियोजना एकलौटी रुपमा चिनियाँ कम्पनीलाई दिएको भन्दै पौडेलले कडा आपत्ति जनाए । उनले भने,‘प्रधानमन्त्रीलाई यो अधिकार कसले दियो ?’

उनले प्रधानमन्त्री डा.ओली अहिले सफल हुने दिशामा नरहेको समेत स्पष्ट पारे । उनले थपे,‘नेकपाभित्रै यतिवेला प्रधानमन्त्रीको कामकारबाही र कदमलाई लिएर माधव नेपाल पक्षले गम्भिर कुरा उठाएको छ । नेकपाभित्र अहिले विद्रोहको स्थिति सिर्जना भएको छ ।’ त्यस्तै उनले कोशीमा पानीको गहिराइ नभएकोले कसरी पानीजहाज चल्छ भन्दै उनले प्रधानमन्त्री डा.ओलीलाई प्रश्न समेत गरे ।

नेता पौडेलले ३३ केजी सुन प्रकरण कोट्याउँदै भने,‘यो सुनकाण्ड कहाँ पुग्यो ? सिण्डिकेटको चर्चा सेलायो ।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण उल्लेख गर्दै उनले भने,‘सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्ने कुरा साँचो हौईन, खोज्न नसकेर होईन, नचाहेर नखोजेको हो । राज्य अपराधीलाई संरक्षण गर्न चाहन्छ । यस्ता कुराले राज्यमा विद्रोह पैदा गर्छ ।’

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...