News Portal

मोरङ जिल्लाको रंगेली नगरमा १४ औं राष्ट्रपति खेलकूद सम्पन्न

हिमालीसंचार संवाददाता
४६९ पटक

रबिन्द्र बराल/मोरङ –  मोरङ जिल्लाको रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न गरिएको छ ।

नगर स्तरीय सो खेल चैत्र १६ गतेदेखि १८ गतेसम्म विभिन्न बिधामा खेलहरु भएको थियो। नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरेर १७  विद्यालयका बिधार्थीहरुको उक्त खेलमा सहभागीता रहेका थियो । 

खेलमा कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुले जनता क्याम्पसको खेल मैदानमा दौड, कवडी, भलिबल, सटफुट, हाईजम्प खेलहरु खेलाइएका थिए । फाईनल खेलमा सामुदायिक बिधालयका जनता माध्यमिक बिधालय आमतोला प्रथम, पब्लिक उच्च माध्यमिक बिधालय दोस्रो र प्रगतिशिल माध्यमिक बिधालय दौलतपुर तेस्रो भएको थियो । 

खेलमा बिजेताहरुलाई नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडाअध्यक्ष,  सदस्य स्थानीय बुद्धिजीवी लगायतले खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई सिल्ड र प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...