News Portal

चारबुँदे सहमति भएको थाहा छैन : ईश्वर पोखरेल

६७८ पटक

काठमाडौं – उपप्रधानमन्त्री एवम् नेकपाका नेता ईश्वर पोखरेलले आफ्नो पार्टीका एकजना अध्यक्ष प्रचण्डलाई अढाइ वर्षपछि सत्ता हस्तान्तरण गर्ने गरी लिखित सहमति भएको आफूलाई थाहा नभएको बताएका छन्।

केपी ओलीको नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको बताउँदै बीबीसीसँगको कुराकानीमा उनले त्यो खण्डित हुने गरी कुनै सहमति नभएको दाबी समेत गरे।

हालै भारतीय सञ्चार माध्ययमलाई दिएको अन्तर्वार्तामा प्रचण्डले पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको बताएका थिए।

वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले केही दिनअघि चारबुँदे सहमति भएको फेसबुकमा उल्लेख गरेका थिए।

तर नेता पोखरेलले भने, “मलाई आजको मितिसम्म त्यस्तो सहमति भएको थाहा छैन।”

पछिल्ला दिनमा माधव नेपाल लगायतका नेताले सार्वजनिक रूपमै सरकारको आलोचना गर्दै आएका छन्।

पोखरेलले सबै नेताहरूले पार्टीका निकायमा आफ्नो मत राख्नु पर्ने टिप्पणी गर्दै त्यसप्रति पनि असन्तुष्टि दर्शाए। बिबिसी

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...