News Portal

गरिबीको पीडा: उपचार नगरी अस्पतालबाट फर्काइए पहलमान

हिमालीसंचार संवाददाता
६०८ पटक

खोटाङ। प्रेसरले गम्भीर बनेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी वातिखुमका पहलमान गिरीको उपचारमा आर्थिक समस्या समस्या भएको छ। गोठालो गएका बेला २२ फागुनमा प्रेसरले ढलेका गिरीको उपचारमा आर्थिक समस्या भएको हो।

छिमेकी तथा आफन्तको सहयोगमा काठमाण्डौं पुर्याइए पनि आर्थिक समस्या भएपछि गिरीलाई उपचार नगरी २६ फागुनमा घर फर्काइएको छ। प्रेसरले ढल्दा गिरीको दाहिने आँखा र टाउको पछाडि चोट लागेको छ। उनको हाल सिंगो शरीर चल्न नसक्ने अवस्थामा पुगेको छ।

अचेत अवस्थामा मुढोझैं लडेका छन्। श्वास फेर्दा घ्यार–घ्यार आवाज आउने र मुखबाट फिँज आउने गरेको छ। गिरीले अरुको भारी बोक्ने, ज्याला मजदुरीको काम गर्दै श्रीमती र ४ छोरीहरुको लालनपालन गर्दै आएका थिए।

आर्थिक अवस्था कमजोर भएका कारण गिरीलाई सहयोग उठाएर ट्रमा सेन्टरमा लगिएको थियो। तर ट्रमा सेन्टरले अन्यत्र लैजान रेफर गरेपछि बौद्धस्थित निजी अस्पतालमा लगिएको थियो। केही समय आइसियुमा राखेपनि अधिक खर्च लाग्ने भएपछि परिवारले गिरीलाई घर फर्काएको कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए।

गाउँपालिकाकै अस्थायी कोभिड अस्पतालमा लगिएपछि उनको मष्तिष्कमा रगत जमेको पत्ता लागेको थियो। कांग्रेस पालिका सभापति गिरीकै पहलमा बिरामीको उपचारका लागि ६८ हजार सहयोग संकलन भएको थियो। बिरामीलाई उपचारमा लगिएको बेला संकलन गरिएको सहयोग रकम परिवारलाई हस्तान्तरण गरिसकिएको छ।

थप १०/१२ हजार सहयोग संकलन भएको कांग्रेस पालिका सभापति गिरीले बताए। ‘बिरामी निको हुँदैन भनेर होईन, उपचार गर्ने पैसा नभएर बिरामीलाई घर फर्काइएको हो,’ वडा सदस्यसमेत रहेका गिरीले भने, ‘पैसा नहुँदा अकालमा मर्नुपर्ने जुन बिडम्वना छ, त्यसकै एउटा उदाहरण हो पहलमान।’

प्रेसरले ढलेको केही समयपछि पहलमानलाई आफ्नै भतिजले फेला पारेका थिए। तर पहलमान नियमित मादक पदार्थ सेवन गर्ने गरेका कारण मातेर लडेको ठाने। परिवारले पनि मातेर लडेको ठाने। रातभरी नआएपछि भोलीपल्ट बिहान लिन जाँदा उनी गम्भीर अवस्थामा भेटिएका थिए। रातोपाटिबाट।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...