News Portal

उपचार अभावमा ९ वर्षीय बालक साङ्लोमा

हिमालीसंचार संवाददाता
५७१ पटक

झापा। झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ। केही महिना अघिदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो।

उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेपछी आकाशलाई साङ्लोले बाधेर राखिएको हो। आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ।

दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश। ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो,’ उनले भने। छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समय अघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए।

यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन्। उनले राम्रो उपचार पाए बालक ठीक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन्। – रासस

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...