News Portal

मुख्यमन्त्री राईले कर्मचारीलाई भने, ‘जनताको हितमा काम गर्नुहाेस भनेर निर्देशनदिएका छन्

हिमाली संचार संवाददाता
७९१ पटक

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बिहिबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय विराटनगरको कार्यालय उद्घाटन गर्दे मुख्यमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने, ‘तपाईहरु नयाँ जिम्मेवारीमा हुनुहुन्छ, प्रदेशका जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्, हामी त्यही अनुसार तपाईहरुको मूल्यांकन गर्नेछौं ।’

‘हामी अहिले नयाँ नेपालमा छौं, त्यसैले तपाइहरु नयाँ सोच, शैली र तरिकाबाट कार्य सम्पादन गर्दे सेवाग्राहीहरुलाई छिटो छरितो सेवा प्रवाह गर्न म आग्रह गर्दछु,’ मुख्यमन्त्री राईले भने ।

प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट प्रभावकारी ढंगले कार्यान्वयन गरेर कृषकको अपेक्षा बमोजिम काम गर्न पनि मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन दिए ।

हामी यस प्रदेशका किसानहरुको समस्या अन्त्य गर्न चाहन्छौं, मुख्यमन्त्री राईले भने हाम्रो बजेट किसानहरुका समस्या सम्बोधन गर्न केन्द्रीत छ ।

‘प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र भएकोले कृषिलाई हामीले पहिलो प्राथमिकता दिएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘अब हामी प्रत्येक किसानहरुको भावना, आकांक्षा सम्बोधन हुने नीति तथा कार्यक्रम तर्जुमा गर्छौं ।’

‘अब हामीले निर्वाहमूखि कृषि होइन, व्यवसायिक कृषिलाई विकास गर्नुछ,’ राईले भने, ‘जसबाट हजारौं रोजगारी सिर्जना हुन सकोस् ।’

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...