News Portal

  • दिवङगत बुबाको पुन्यतिथिमा उदाहरणीय दानधर्म तथा स्मृति सेवा प्रतिस्ठान गठन

    हिमालीसंचार संवाददाता
    ४८७ पटक

    काठमाडौँ। संखुवासभामा जन्मी झापाको गौरादहलाई कर्मभुमि बनाई हाल इटहरीमा बसोबास गरिरहेका डम्बरबहादुर अधिकारीका छोराछोरीहरुले दिवङ्गत बुबाको नाममा स्मृति प्रतिस्ठान गठन गरी ४ जिल्लाका विभिन्न संस्थालाई आर्थिक सहयोग गरेका छन्।

    गत २०७७ माघमा इटहरीमा निधन भएका अधिकारीको पहिलो बार्षिक पुन्यतिथिमा २०७८ माघ १५ गते श्रदेय डम्बरबहादुर अधिकारी स्‍मृति सेवा प्रतिस्ठान गठन गरिएको हो। प्रतिस्ठानको अध्यक्षमा कर्णकुमारी अधिकारी र संयोजकमा गोबिन्द मानसिङ अधिकारी रहनुभएको छ। संरक्षकका भुपेन्द्र अधिकारी र सदस्यमा टेकबहादुर अधिकारी (दिपक) रहनु भएको छ।

    आफ्ना बुबाको स्मृतिमा अधिकारी परिवारले संखुवासभा, झापा, मोरङ र सुनसरीका ४ जिल्लामा रहेका शैक्षिक तथा परोपकारी संस्थाहरुमा शैक्षिक सामग्री तथा लुगाकपडाहरु वितरण गर्न आर्थिक सहयोग निकासा गरेका हुन्।

    संखुवासभाको बानेश्वरमा खुडादेवी मन्दिर स्थापनाको लागि अधिकारी परिवारले २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको नरेन्द्र अधिकारीले जानकारी दिनुभएको छ। यो सहयोग रकम सम्बन्धित परिवारबाट प्राप्त गरिसकेको र एक साताभित्र एक कार्यक्रम आयोजना गरेर वितरण गरिने बताइएको छ।

    त्यसैगरी डम्बरबहादुर अधिकारीका छोराछोरीले आफुले अध्ययन गरेको गौरादहको स्कुलचौन उच्च माबिमा २५ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणका लागि रक्म प्राप्त गरेको प्राचार्य बाबुराम भण्डारीले बताउनुभयो।

    त्यसैगरी गौरादहकै डाेरामारी उच्च माबिमा पनि २५ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नका लागि आर्थिक सहयोग प्राप्त भएको प्राचार्य केदार भण्डारीले जानकारी दिनुभएको छ।

    त्यसैगरी डम्बरबहादुर अधिकारीको कान्छी छोरी सबित्रा अधिकारी सुबेदीले पनि २५ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री बेलाबरी नगरपालिकाको श्री भगवती प्रा.बि.मा वितरणका लागि रकम निकासा गर्नुभएको छ।

    गौरादह नगरपालिका अधिकारी खत्री देवाली समिती अध्यक्ष दिल बहादुर अधिकारी खत्रीसमक्ष अधिकारी बन्शवली परोपकारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ भने मायाघर सेवा आश्रम सुनसरी इटहरीलाई १० हजार रुपैयाँ सहयोग गरिएको छ।

    त्यसैगरी खस क्षेत्री कोषको सहयोगार्थ १० हजार सहयोग उपलब्ध गराइएको छ। बुबाकै स्मृतिमा ईन्द्रपुर नगरपालिका सदस्य, ईन्द्रपुर नमुना स्कुलका प्राचर्य्, युवा समाजसेबी अर्जुन ढकालले कपी कलम बितरणको लागि १० हजार सहयोग अधिकारी परिवारबाट प्राप्त भएको जानकारी दिनुभएको छ।

    दिवङत अधिकारीका छोराछोरी स्वदेश तथा विदेशमा रहेका छन्। माइला छोरा टेकबहादुर अधिकारी दिपक वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा हुनुहुन्छ।

    युएईमा रहदा झापाली समाज युएईको सामाजिक अभियानमा सक्रिय टेकबहादुर अधिकारीले झापाली समाज युएईका विगतका सेवामूलक कामहरुबाट प्रेरणा पाएर आफ्नो बुबाको स्मृतिमा परोपकारी कामहरु गरेको र भविस्यमा पनि गर्दै जाने बताउनुभएको छ। अधिकारी परिवारको यो उदाहरणीय सहयोग अनुकरणीय रहेको झापाली समाज युएईका कार्यवाहक अध्यक्ष अमरराज राईले प्रतिक्रिया दिनुभएको छ।

    टेकबहादुर अधिकारी प्रतिस्ठानको सक्रिय सदस्य हुनुहुन्छ। प्रतिस्ठानका संरक्षक भुपेन्द्र अधिकारी, अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आउनु भएको छ। निजले त्रिभुवन विश्वबिद्यालयबाट अंग्रेजी बिषयमा एम.ए, एम.एड. साथै अष्ट्रेलियाको टोरेन्स युनिभर्सिटीबाट एम.वि.ए र एम.जि.पि.एम.गर्नु भएको छ।

    विभिन्न संघसंस्थाको स्थापना गर्दै आफ्नो पेशा संगसंगै सामाजिक कार्यमा पनि लागेका अधिकारी खष क्षेत्री नेपाल झापा जिल्लाको प्रथम अध्यक्ष पनि हुनुहुन्छ। जेठाे छोरा गोविन्दमान सिंह अधिकारी मोरङ बेलबारी सरस्वती बिध्या मन्दिर अङ्ग्रेजी स्कुलका संस्थापक प्राचार्य हुनुहुन्छ।

    प्रतिकृया दिनुहोस्

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न परिपत्र

    काठमाडौं। गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी...

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal