News Portal

हङकङका पूर्वसांसदलाई ४ महिनाको जेल सजाय

हिमालीसंचार संवाददाता
३७८ पटक

हङकङ। हङकङको विपक्षी पार्टीका पूर्वसांसद लाम चेउक टिङलाई ४ महिनाको जेल सजाय सुनाइएको छ। एक भ्रष्टाचारको मुद्दाको अनुसन्धान बाहिर खुलासा गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो।

४४ वर्षीय प्रजातान्त्रिक पार्टीका सदस्यसमेत रहेका उनले एक प्रहरी कमाण्डरमाथि भएको भ्रष्टाचारको अनुसन्धानमा रहेका मानिसहरुको पहिचान सार्वजनिक गरेका थिए।

सन् २०१९ मा भएको हिंसात्मक आन्दोलनको मुख्य कारक मानिएको युएन लोङको घटनाको बेलामा ड्युटीमा रहेका एसिस्टेन्ट कमाण्ड याउ नाइ–केउङमाथि अनुसन्धान भएको थियो।

उक्त घटनामा १०० भन्दा धेरै रड तथा अन्य अन्य धारिलो हतियार बोकेका मानिसहरुले आक्रमण गरेका थिए। जसमा ४५ जना मानिसहरु घाइते भएका थिए। यसैलाई सन् २०१९ को आन्दोलन चर्किनुको मुख्य घटना मानिएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा याउले सञ्चारमाध्यमहरुसँग आफूले नजिकैको गाउँमा कुनै पनि रड तथा हतियार फेला नपारेको बताएका थिए। जबकी अधिकांश आक्रमणकारी सोही स्थानमा जम्मा भएका थिए। साथै उनले कुनै पनि आपराधिक गतिविधिको संकेतसम्म पनि नपाइएको उल्लेख गरेका थिए।

पछि उनी उत्तरी नयाँ क्षेत्रको क्षेत्रीय कमाण्डर बनेका थिए। लामले सन् २०१९ को डिसेम्बरदेखि गत वर्षको जुनसम्ममा विभिन्न अन्तर्वार्तामा प्रहरीमाथि झुट फैलाएको आरोप लगाउँदै यो अनुसन्धानमा ढिलाइको आरोप लगाएका थिए। उनले याउ अनुसन्धानको घेरामा रहेको पनि खुलासा गरेका थिए।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...